जवरजस्ती करणीको प्रयास
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर २,बेलदमार निवासी किरण गाहा मगरले स्थानीय एक किशोरीलाई जंगलमा बाख्रा चराउन जाँदा जवरजस्ती करणीको प्रयास गरेका छन् । किशोरीले अनेकौं बचाउका प्रयास गर्दा पनि किरणले जबरजस्ती गरेको र बच्नका लागि किरणलाई चिथोरेको र टोकेको प्रमाणका साथै केटाका पाइन्ट माटोमा धसाइरिएको र घाँसको छाप समेत घुँडामा देखिएको दोभान प्रहरीका इन्चार्ज एक्क बहादुर नेपालीले बताए । उनका अनुसार किरणले जवरजस्ती करणीको प्रयास गरेको देखिन्छ । उसलाई जबरजस्ती करणी वा करणीको उद्योगमा कार्वाही हुन सक्ने नेपालीले बताए ।
तिनाउ गाउँपालिकाका वडाध्यक्ष राजेश श्रेष्ठका अनुसार विहान १० वजे स्थानीय जंगलमा सो घटना घटेको तर स्थानीयहरुले आफ्नै तरिकाले मिलाउन खोजेपनि पीडित केटीको परिवारले नमानेपछि प्रहरी चौकीमा उजुरी भएको बताए । उनका अनुसार समाजमा यस्ता खालका घटनाले प्रश्रय पाउँदै जाने थालेको कारण समाजमा वलात्कारका घटना बढेको बताए । मुलुकी संहिता अनुसार किरणलाई कार्वाही हुने वडाध्यक्षले बताए ।
आरोपी किरणलाई विहिवार नै जिल्ला प्रहरी कार्यालय,पाल्पामा पुराइएको दोभान प्रहरी चौकीका इन्चार्ज नेपालीले बताए ।
- admin
- २०७५ कार्तिक २, शुक्रबार १३:४७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया