
गुणस्तरीय शिक्षाका लागि बिशेष भुमिका खेल्ने
गुल्मी । शिक्षाबीद एवं बिभिन्न क्षेत्रका बिज्ञहरुले गुणस्तरीय शिक्षाका लागि बिशेष भुुमिका निर्बाह गर्ने बताएका छन ।
आदर्श माबि गुल्मी दिगाम पुुर्ब बिधार्थी मञ्चले बिजया दशमी, दिपावली , नेपाल सम्बत, छठपर्बको सन्दर्भमा आयोजना गरेको पुुनर्मिलन कार्यक्रममा सहभागी बिभिन्न क्षेत्रका बिज्ञहरुले जति बढी गुणस्तरी शिक्षाको बिकास भयो त्यति राष्टको समृद्धि र बिकासका लागि सहयोग पग्ने बताएका छन । पुुर्ब बिधार्थी मञ्चका अध्यक्ष एवं बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा भएको बृहत पुुनर्मिलन कार्यक्रममा शिक्षाबीद लोकनाथ उपाध्ययायले गुणस्तीय शिक्षाका लागि आफुहरुको तर्फबाट बिशेष भुमिका निर्बाह गर्दे आएको त्यसलाई थप प्रभाबकारी बनाउन राज्यले भुमिका निर्बाह गन’पर्ने बताएका छन ।
न्यहोइराइजनका प्रमुख एवं आदर्श माबिका पुुर्ब प्रधानाध्यापक उपाध्यायले आदर्श माबिबाट एलएलसी र एसइइ गरेर बाहिर गएका बिधार्थीहरु निजमतिमा सचिब तह बिशिष्ट तह देखि चिकित्सक , पत्रकारिता , प्राबिधिक , सुरक्षा निकाय, इञ्जिनियरिन, पेशा ब्यबसाय , शिक्षा कलाकारिता , शिक्षा जस्ता हरेक क्षेत्रका सफल मात्र राष्टिय महत्वका निर्णायक क्षेत्रमा क्रियाशील रहेको बताएका छन ।
पुुनर्मिलन कार्यक्रममा आदर्श माबिमा २० बर्ष प्रधानाध्यापक भएर सेवा गरेका केशब सारुले सो माबिका पुर्ब बिधार्थीहरुले राष्टका महत्वपुुर्ण ठाउमा गरेको योगदान अतुलनीय रहेको रहेको सबैले प्रशसा गर्न लायक भएको उल्लेख गरेका छन ।
कार्यक्रममा पुुर्ब बिधार्थीहरु न्यहोराइजन पाल्पाका प्रमुख भेषराज सुबेदी , दीपबोर्डिन बुटवलका प्रमुख टीकाराम न्यौपाने, बरिष्ठ समाजसेबी लोकबहादुर टण्डन ,श्रmृणअसुली न्याधीकरणका अध्यक्ष मान बहादुर अर्याल , बिधालयका प्रधानाध्यापक एवं मञ्ञका सहसचिब गुनाखर ज्ञवाली, मञ्चका कोषाध्यक्ष एवं बरिष्ठ ब्यबसायी छबि पाण्डे, मञ्चका सचिब दुरसंचार प्राधिकरण संचालक समितिका सचिब रेवतीराम पन्त, पुर्ब बिधार्थी एवं छत्रकोट गाउपालिकाका वार्ड नं ४ का बडाध्यक्ष डिलाराम न्यौपाने , संचालक समितिका अध्यक्ष हिमलाल न्यौपाने लगायतले बिधालयको श्रृबृद्धि र शिक्षाको बिकासका लागि आआफनो क्षेत्रबाट बिशेष भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
सो बृहत पुुनर्मिलन कार्यक्रमबाट पुुन बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्ड अफ डाइरेक्टर टंक पन्तको अध्यक्षतामा सर्ब सम्मत नयां कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षतामा पिताम्बर अर्याल , सचिबमा रेवतीराम पन्त , सहसचिब गुनाखर ज्ञवाली , कोषाध्यक्षमा छबि पाण्डे र सदस्यहरुमा नुरापति भण्डारी ,हुमलाल भटराई, सुरेश खनाल, बिष्णु पन्त , बिशाल न्यौपाने , मात्रिका पोख्रेल, बिष्णु अर्याल , भगवती भण्डारी, ध्रुुुुब पन्त , कामना न्यौपाने रहेका छन ।
त्यसैगरी बिधालयको प्रागणमा मञ्च, प्रतिक्षालय , पश्चिमतर्फ पर्खाल निर्माणका लागि कोषाध्यक्ष छबि पाण्डेको सयोजकत्वमा निर्माण समिति पनि बनाएको छ । कार्यसमितिको सल्लाहकारमा लोकनाथ उपाध्याय, केशब सारु ,लोकबहादुर टण्डन, महादेब पन्त , भेषराज सुबेदी , टीकाराम न्यौपाने , रामप्रसाद खनाल , नबनिधि पन्त, , बालकृष्ण अर्याल रहेका छन ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया