मोफसलका दुई युवाहरु राजधानी पसे । उनीहरु थिए लक्ष्मण श्रेष्ठ र शंकर भण्डारी । उनीहरु दुबै पढ्नका लागि काठमाण्डौं छिरेका थिए । पढाई तुरेपछि उनीहरु मध्ये लक्ष्मण पत्रकारितातिर लागे भने शंकर शिक्षणतिर ।
लक्ष्मणले मोफसलको काठमाण्डौं अनुभव गज्जवले सुनाए । सुरुमा उनले काठमाण्डौंलाई हतार छ भन्ने आक्रामक कविता सुनाए । कविताले समय बोलेको थियो,समस्या ओकलेको थियो अनि मोफसललाई छेउ लगाएको पीडा पनि थियो ।

उनले आफ्नो पत्रकारिताको यात्रा बुटवलको लुम्बिनी पत्रिकाबाट सुरुआत् गरेर अहिले अन्नपूर्ण पोष्टसम्म आइपुग्दासम्मको सबल तथा सुधारात्मक पक्षहरुका सन्दर्भमा प्रकाश पारेका थिए । आफ्ना संघर्षका कथा र यसले आफ्नो जीवनमा पारेको प्रभावका सन्दर्भमा दरो कुरा उठाएका थिए ।
काठमाण्डौंमा मोफसललाई हेरिने आँखा र गरिने व्यहारका बारेमा नालीबेली सुनाए । उनले भने–राजधानीमा पनि कोही महान रहेनछन् । प्रायः औसतहरुले नै गुट चलाएका रहेछन् । आफूले हिम्मत गरेरै अघि बढि रहेको र फरक प्रश्नहरुले आफूलाई राजधानीमा परिचय र पहिचान दिल्याएको उनको तर्क थियो ।

नेपालको पत्रकारिता साहुमुखी रहेको बताए । तैपनि आफ्नो रचनाका लागि मोफसलका साहित्यकारहरुले कुनै सम्पादकका ढोका ढकढकाउन नपुगेको र मेरो रचना किन छापिएन भन्ने हैसियत समेत नराख्ने भएको हुँदा मोफसल पछि परेको लक्ष्मणको तर्क थियो । अन्तिममा उनले भने हामी अब्बल त छैनौं तर हुनुपर्ने औसत् भन्दा माथि नै छौं ।
अर्का वक्ता थिए शंकर भण्डारी । उनले शिक्षण पेसा र सिर्जनाका कुराहरु बताए । बजारमा आएका पुस्तकहरु सबै पढ्नु पर्छ भन्ने छैन बरु आपूmले खोजेको र चाहिएको पुस्तक पढ्नु महानता हो । पुस्तकले दिने ज्ञानले नै उपयोगी र भरपर्दो हुन सक्छ तर त्यसको रोजाई र छनौट उचित हुनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रम पाठक मञ्च,बुटवलले पुरानो वसपार्क नजिकै एक क्लव भवनमा आयोजना गरेको थियो । कार्यक्रममा प्राध्यापक,पत्रकार,साहित्यकारहरु र साहित्य सुन्न रुचाउनेहरु करिव दुई दर्जन महाशयहरुको उपस्थिति रहेको थियो ।
- admin
- २०७५ आश्विन ३१, बुधबार १६:१५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया