
मितेरी गाउँका मीतहरु
डीबीजी
पाल्पाको तिनाउ गाउँपालिका वडा नं.२ को पुरानो गाउँ हो माहाराबास । अचेल यस गाउँलाई मितेरी गाउँको नामले चिनिन्छ । सो गाउँको नाम यसै मितेरी गाउँ रहन गएको पक्कै होइन ।
गाउँमा मगर बस्ती छ । गाहा मगर,राना मगर,पल्ली मगर,लुँइटेल मगर आदि बस्छन् मितेरी गाउँमा । त्यहाँ पुग्न सिद्धार्थ लोकमार्गको पाल्पा बुटवल खण्डको दोभानमा रहेको दोभान चौकीबाट उत्तरपश्चिम झोलुङ्गे पुल तरेर पैदल डेढ घण्टा र यातायातको साधनबाट पौने घण्टामा पुग्न सकिन्छ ।
मितेरी गाउँको न्वारान गर्ने मान्छे दल बहादुर गुरुङ हुन् । उनले २०६३ सालमा यस गाउँको नाम मितेरी गाउँ राखेका थिए । गाउँमा कोदो,फापर,मकै र धान फल्छन् । कागतीको पकेट क्षेत्र हो मितेरी गाउँ । गाउँमा बंगुर,सुंगुर र बाख्रापालन राम्रोसंग सप्रिएको छ । हातमुख जोर्न त्यसले काम गरेको छ । उत्पादनले गाउँलेलाई पुगनपुग आधा वर्ष पनि धान्न मुस्किल पर्छ । गरि खाने खासै राम्रो पेसा छैन । तैपनि गाउँमा स्थानीयहरुले आफ्नो पौरखी हातहरु बजारेकै छन् ।
स्थानीयहरुले सञ्चालन गरेको बालज्योति नमूना आधारभूत विद्यालय छ । मितेरी गाउँमा मीत लगाउनेको संख्या करिव १० पुग्यो होला । सम्वत् २०३५÷०३६ तिर मरेक गाउँका चित्रमान कान्छा अर्थात् टेक बहादुर श्रेष्ठले महाराबास गाउँका तेज बहादुर गाहासंग पहिलो पटक मीत लगाए । उनीहरुको मितेरी साइनो प्रगाढ बनेकै कारण अन्य ब्यक्तिहरुले नि महाराबासका स्थानीय बासिन्दाहरुसंग मीत लगाउने चलन बस्यो ।
त्यसपछि मरेक गाउँमा रहेको तिनाउ गाउँपालिकाका सबैभन्दा पुरानो स्कूल सरस्वती आधारभूत स्कूलका पूर्वप्रअ ओम श्रेष्ठले मीन बहादुर गाहा मगरसंग मितेरी साइनो गाँसे ।
मितेरी साइनोले एक आपसमा नयाँ सम्बन्ध गाँस्ने,जातीय सम्बन्धलाई नजिक ल्याउने,संस्कार र संस्कृतिको हस्तान्तरण हुने र भूगोल एवम् भावनामा समेत सामीप्यता बढ्ने कुरा मितेरी गाउँमा मीत लगाउने मदनपोखराका हरि प्रसाद पाण्डेयले बताए । उनले २०४७ सालमा मितेरी गाउँका आफूभन्दा १२ वर्ष कान्छा दुर्गा बहादुर गाहा मगरसंग मितेरी सम्बन्ध जोडेका थिए ।
दुर्गाले सुरुमा मीत लगाउन मानेका थिएनन् तर पछि गाउँकै पण्डित छबिलाल घिमिरेले मीत लगाउन उमेर बाधा नहुने बताएपछि आफू मीत लगाउन तयार भएको बताए । उनका मीत हरि प्रसाद पाण्डेयले आपूmहरुको मितेरी साइनोमा कुनै पनि किसिमको दरार नआएको बरु झन्झन् कसिलो बन्दै गएको बताए । मितेरी सम्बन्धले आफूहरुलाई नजिक बनाएको,दुःखसुखमा साथ दिने नयाँ सम्बन्ध कायम गराउने भएकोले पनि मीत लगाउनु राम्रो भएको उनको तर्क छ ।
गाउँकै राम बहादुर विकसंग अमरसिंह भण्डारीले मीत लगाएर जातीय दरार हटाएको अमरले सुनाए । हामीहरु बीचको मितेरी साइनो नमूना थियो तर आज हामीहरुका बीच भौतिक सम्बन्ध टुटेको छ अमरले बताए ।
पछिल्लो पटक दोभान माविका पूर्व शिक्षक लाल बहादुर कार्की र मितेरी गाउँका हेम बहादुर गाहाका बीच बाजा बजाएर मितेरी साइनो गाँसियो । उनीहरुको पारिवारिक सम्बन्ध झन् गहिरो हुँदै गयो । विहे,पूजा,व्रतबन्ध,भात खुवाइ,न्वारानमा समेत मितेरी साइनोले हाँगो हाल्यो र एक आपसमा निम्तो बोलाउने कामको सुरुआती भयो ।
त्यतिमात्रै होइन राजनीतिक विचारहरुको फेरबदल हुने काम भयो । मितहरुलाई प्रभाव पारेर भोट तान्ने काम समेत भएको पूर्व माक्र्सवादी समर्थक हरि प्रसाद पाण्डेयले सुनाए ।
परशुराम शर्मा,सजक प्रताप शाक्य,हीरालाल भण्डारीहरुले समेत मितेरी गाउँमा कहिले नटुट्ने मितेरी सम्बन्ध जोडेका छन् । त्यसैले पनि दोभान निवासी दल बहादुर गुरुङले सो गाउँको नाम नै फेरेर मितेरी गाउँ राखि दिए अनि प्रचार समेत गरिदिए ।
महाराबास मग्राती नाम हो । गोठालो जाँदा बास बस्ने ठाउँलाई महाराबास भनिदों रहेछ । महाराको अर्थ गोठालो हुँदो रहेछ ।
आज मितेरी गाउँमा कच्ची बाटो पुगेको छ । बिजुली बत्ती झलल् बलेको छ । गाउँमा कुलोकुलेसाहरु निर्माण भएका छन् । गाउँ अतिनै सुन्दर छ,मनमोहक छ ।
गाउँले बासिन्दाहरु पनि सबै नै मीत जस्तै सरल र सहज छन् । आदर सत्कार राम्रो गर्छन् । पाहुनाहरुलाई द्यौता नै मान्छन् । मीठो चोखो बाँडेर खाने चलन छ ।
मितेरी गाउँमा ठूलो नाँच,झ्याउँरे नाँच,सोरठी,कडुवा नाँच नाँच्ने चलन छ । श्रीपञ्चमी त खुबै मान्छन् । दसैं,तिहार त मान्छन् नै ।
गाउँमा तरुल,गिठा पाइन्छन् । तरुल गिठाका झ्याङ्ग झैं मितेरी सम्बन्ध फैलिएको मितेरी गाउँमा पुग्दा जो कोहीले सन्तोषको श्वास फेर्छन् । मितेरी सम्बन्धको इतिहास खोज्छन् ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया