
नेकपाका पार्टी कार्यकर्ताहरुका बीच अन्तरघुलन तथा शुभकामना कार्यक्रम सम्पन्न
नेकपा एमाले र नेकपा माओबादी केन्द्र सांगठनीक एकीकरणको अन्तिम चरणमा रहेको छ । उसले प्रदेश ,जिल्ला र स्थानीय कमिटी गठनका लागि कार्यदल बनाइ सकेकोले सो कमिटीहरु गठन हुने अन्तिम चरणमा पुगेको हो ।
नेताहरु केन्द्रमा एक भएपनि स्थानीय स्तरमा दुबै पार्टीका नेता र कार्यकर्ताहरुका बीच अन्तरघुलन आवश्यक रहेको एक कार्यक्रमका बीच सहभागीहरुले औल्याएका छन् ।

चाडपर्वहरुको अवसरमा विशेष शुभकामना तथा पार्टीका कार्यकर्ताहरुका बीच पाल्पा दोभानमा भएको अन्तरघुलन कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एव्म प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य माननीय वसन्त घर्तिमगरले चाडपर्वहरुलाई आआफ्नै तरिकाले मनाउनु पर्ने बताउँदै आफूहरुmले युद्धकालीन अवस्थामा चाडपर्वहरु मनाउने अवस्था नरहेको बताए । वर्तमान अवस्थामा केन्द्रमा पार्टी एकीकरण भइसकेपनि स्थानीय,जिल्ला र प्रदेशस्तरीय पार्टी कमिटीहरु गठन हुन नसक्दा पार्टी सञ्चालनमा कठिनाई भएको सुनाए । पार्टी एकीकरणको अवस्थामा पुगेको छ तर दुवै पार्टीका कार्यकर्ताहरुका बीच अन्तरघुलन जरुरी छ । यस्ता कार्यक्रमले विगतका तीता पिराहरु हटाउनका लागि मद्दत गर्ने छ । भावना एक हुन पर्छ र पार्टीलाई माक्र्सबादी चिन्तन, नीति,दृष्टिकोण र कार्यनीतिका साथ अघि बढाउन सकिएमा पक्कै पनि पार्टीले एकीकृत भई गतिशीलता लिन सक्ने प्रमुख अतिथि घर्तिमागरले बताए ।

साथै उनले नेकपाले आम नागरिकहरुको मन जितेर जानुपर्ने अवस्था रहेको हुँदा स्थानीय,प्रदेश र संघीय सरकारले नागरिकको हित हुने खालको नीति,योजना तथा कार्यक्रमहरु ल्याउनु पर्नेमा जिकिर गर्दै आफूले आफ्नो हैसियत र जिम्मेवारी अनुसार काम गर्न पछि नहट्ने बताए ।
सोही कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले स्थानीय सरकारले योजना निर्माण गर्ने तर त्यसको कार्यान्वयनको जिम्मेवारी कर्मचारीहरुको हुने भएको हुँदा सोचे जस्तो प्रगति गर्न नसकेको स्वीकार गरे । उनले स्थानीय सरकार सञ्चालनका लागि आफ्ना पार्टी नेता तथा कार्यकर्ताहरुले सक्दो सहयोग गर्नुपर्ने र त्यसका लागि आफूले पनि सहयोगको अपेक्षा गरेको बताए । अध्यक्ष घर्तिमगरले अब दुवै पार्टीहरु एक भइ सकेको हुँदा अब पूर्व एमाले र पूर्व माओबादी भनि रहन नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा पाल्पाका नेताहरु अमर प्रधान, बीरबल,चक्रव्यूह थापा,राजेश श्रेष्ठ,दल बहादुर गुरुङ,लक्ष्मण थापा,दमयन्ती थापा,डिला थापा,कमल श्रेष्ठ,नारायण थापा,दिनेश जीसी लगायतले नेकपाको सरकालाई जनमुखी बनाउनु पर्ने,सरकारका विरुद्धमा गरिएका विष वमनलाई चिर्नुपर्ने,स्थानीय नागरिकका आवश्यकतालाई सम्बोधन गर्नुपर्ने र तीनवटै सरकारलाई समन्वय गरी लैजानु पर्नेमा सुझाव पेश गरेका छन् ।

तिनाउको स्थानीय सरकारलाई देशकै मोडेल गाउँपालिका बनाउन पार्टीले नयाँ सोच,शैली र चिन्तनका साथै योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रम नेकपा तिनाउ संगठन कमिटीको वडा नं.२ र ३ ले आयोजना गरेको थियो ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया