अपांगहरुको साझा मुद्दालाई बोकेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका सामाजिक अभियन्ता निलकण्ठ पौडेलको पर्यटनमा अपांगताको पहुँच नामक वृत्तचित्र थाइल्याण्डमा प्रदर्शन गरिएको छ ।
आफूलाई कहिल्यै कमजोर र असहज नठान्ने पौडेलले राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा पर्यटनमा अपांगताको पहुँच नामक कार्यक्रम गरि उक्त वृत्तचित्र प्रदर्शनी गरिएको हो । अपांगता भएका ब्यक्तिहरुको साझा मुद्दालाई विश्वस्तरसम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम एनआरएन थाइल्याण्डका संरक्षक समाजसेवी डेभिड खनालको बिशेष पहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा अब विश्वले चिन्नेछ नेपाल भन्ने नारासहित अपांगहरुको पहिचानलाई विश्वस्तरसम्म चिनाउने निलकण्ठ पौडेलको सामाजिक अभियानका बारेमा थाइल्याण्डमा रहेका नेपालीहरुलाई जानकारी गराईएको थियो । थाइल्याण्डको सुकुम्भित ८१ सिरफोर्टको त्रिनाथ थाई नेपाली समाजको मन्दिर हलमा भएको कार्यक्रममा थाइल्याण्डमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेका थियो ।
थाइल्याण्डका लागि नेपाली राजदूत डा.खगनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा.अधिकारीले पर्यटनमा अपांगताको पहुँच बढाउँनका लागि यस्ता किसिमका कार्यक्रमहरु विश्वस्तरसम्म लैजान आवश्यक रहेको बताउनु भयो ।

अपांगता भएका ब्यक्तिहरुको साझा मुद्दालाई विश्वस्तरसम्म पुर्याउन उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा एनआरएन थाइल्याण्डका वरिष्ठ उपााध्यक्ष भविन्द्र बस्नेत, थाइ नेपाली समाजका अध्यक्ष कुमार कार्की, त्रिनाथ थाई नेपाली समाज त्रिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष लक्ष्मण केसी, थाई नेपाली संघ बैंकका शाखा अध्यक्ष गोपाल लामा, थाई नपाली संघ केन्द्रिय सह सचिव दीपक पराजुली, संस्कृत स्नातक सेवा मण्डलीका अध्यक्ष पण्डित केशव आचार्य, थाइ नेपाली राजदुतावासका उपनियोग प्रमुख जंग बहादुर गुरुड्को विशेष सहयोगमा रहेका थियो ।
सामान्य मानिस सरह हिड्न नसकेपनि निलकण्ठ पौडेल अहिले अपांगता भएका अन्य मानिसहरुका सामु उदाहरणीय पात्र बन्दै अशक्त र अपांगता भएका मानिसहरुको सहयोग गर्ने कार्यहरुमा सधै लागिरहनु भएको छ ।

- admin
- २०७५ आश्विन २९, सोमबार १३:३९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया