पाल्पा सडक विभागका कर्मचारीहरुलाई तिनाउका वडाध्यक्षको चेतावनी (भिडियो )
admin
२०७५ आश्विन २९, सोमबार ०४:०१
सिद्धार्थ लोकमार्गको बुटवल तानसेन खण्ड अन्तर्गत चिडियाखोलादेखि झुम्सासम्मको सडक बिग्रिएको छ । सो सडकको पटक पटक निर्माणका लागि टेण्डर परेता पनि हालसम्म निर्माण भएको छैन ।
सयौंपटक सडक डिभिजन कार्यालय,पाल्पालाई अनुरोध गर्दा पनि निर्माण तथा सुधार हुन सकेको छैन । स्थानीय नागरिकहरुले धूलो र धूँवा खान बाध्य छन् । सडक कार्यालयका कर्मचारीहरुलाई जति भनेपनि कानमा बतास लाग्न नसकेको तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए ।
उनले भने–कर्मचारीहरुलाई मन्त्री मातृका यादवले यसै थुन्नु परेको होइन रहेछ भनी उदाहरण दिदैं आफूहरुले त्यस्तो कदम चाल्न नपरोस् भनी सडक विभागका कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।
तिनाउ गाउँपालिकाका वडाध्यक्ष समेत रहेका राजेश श्रेष्ठले धूलो र धूँवाका कारण स्थानीयहरुको स्वास्थ्यमा असर पुगेको,किसानहरुको खेतीमा हानी गरेको र स्थानीय बासिन्दाहरुले सास्ती व्यहोर्न परेकोले गाउँलेहरुले आफूहरुलाई गाली गरेको कारण सहन बाध्य रहेको समेत बताए ।
दैनिक पाँच सय बढीको संख्यामा टिप्पर,सयौंका संख्यामा चल्ने बस तथा ट्रकले समेत उस्तै हानी पुगेको बताउँदै वडाध्यक्ष श्रेष्ठले समयमै यसको निर्माण र सुधार नभए आफूहरुले जस्तोसुकै कदम चाल्न आफूहरु बाध्य चेतावनी दिए ।
प्रतिक्रिया