मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार योगमाया उपन्यासकी लेखिका निलम कार्की निहारिकालाई प्रदान गरेको थियो । सो पुरस्कार उनले यही असोज २५ गते काठमाण्डौंमा पाएकी थिइन् ।
नगद दुई लाख रुपैयाँसहित ताम्रपत्रद्वारा पुरस्कृत निलमले ऐतिहासिक एवम् शाहसिक व्यक्तित्व योगमायाको योगदानलाई अनुसन्धान तथा खोजी गरी योगमाया उपन्यास तयारी गरेकी थिइन् ।

योगमायाले वि.सं.१९९८ असार २२ गते ६८ जना आफ्ना साथीहरुसंग जलसमाधि लिएकी थिइन् । उनको ध्येय समाजलाई सकारात्मक गोरेटोमा डोराउनका लागि समाजमा रहेका विकृति र विसंगतिहरुलाई हटाउनु पर्छ भन्ने थियो तर राणाकालीन व्यवस्थाले उनको त्यो दृष्टिकोण अनि कदमलाई उचित ठानेन । सोही विषयलाई केन्द्रविन्दू बनाएर तयार पारिएको उपन्यास हो योगमाया ।
उक्त उपन्यासले धूमिल हुँदै गएको योगमायाको योगदानलाई उत्खनन् गरेको छ । सबैका बीचमा प्रस्तुत गरेको छ । जीवन र जगतलाई बुझाएको छ । योगमायाको परिचय र पहिचान दिल्याएको छ । सोही उपन्यासकी लेखिका निलमलाई आइतवार बुटवलमा बधाईज्ञापन गरिएको छ ।

कार्यक्रममा प्रवल जनसेवा श्रीपदकबाट विभूषित न्यू होराइजन साहित्य परिषद्का संरक्षक लोकनाथ उपाध्याय एवम् नेशलन बक्स अफिस म्यूजिक अवार्डबाट सम्मानित मनिराम पन्थ मनिषलाई समेत बधाईज्ञापन गरिएको थियो ।
कार्यक्रममा मदन पुरस्कारद्वारा पुरस्कृत निलम कार्कीले मदन पुरस्कार प्राप्त भएपछिका खुसीहरु, योगमायाको योगदान र हामीले उनलाई सम्झिनु पर्ने कारण एवम् आवश्यकतामाथि प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा कविवर रामचन्द्र भट्टराई,गिरि श्रीस,धु्रवराज पन्थी मिराज,मीन राना, दल बहादुर गुरुङ,रामचन्द्र श्रेष्ठ,हरि प्रसाद पौडेलले निलम कार्कीलाई बधाईज्ञापन गर्दै साहित्यिक यात्राको निरन्तरताको समेत कामना गरेका थिए ।
कार्यक्रम न्यू होराइजन साहित्य परिषद्,बुटवल कला साहित्य,संस्कृति प्रतिष्ठान,साहित्य संगम,बुटवल र पाठमञ्चले संयुक्त रुपमा गरेका थिए ।
- admin
- २०७५ आश्विन २८, आईतवार १७:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया