दोभान प्रहरी चौकीले ६३ औं प्रहरी दिवसको अवसरमा सिद्धबाबा मन्दिर परिसर सरसफाइ गर्नुका साथै सन्तमहन्तहरुलाई फलफूल बाँडेर मनाएको छ ।
दोभान प्रहरी चौकीका प्रहरीहरु,मन्दिर विकास समितिका पदाधिकारीहरु एवम् भक्तजनहरुको उपस्थितिमा मन्दिर पसिरको सरसफाइ गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका वडाध्यक्ष प्रेम पाण्डेयले प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा मन्दिर परिसरलाई सरसफाइ गरी फलफूल समेत वितरण गरेकोमा धन्यवाद दिंदै आगामी दिनहरुमा समेत उदाहरणीय कार्यहरु गर्दै आओस् भनी शुभकामना समेत प्रकट गरेका छन् ।
मन्दिर समितिका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि दल बहादुर गुरुङले प्रहरीहरुसंग मिलेर प्रत्येक आइतवार विहान सिद्धबाबा मन्दिर परिसरलाई सफाइ गर्नका लागि समितिले पहल गरेको र त्यस कार्यलाई सार्थक तुल्याउनका लागि दोभान प्रहरीसंग अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा सिद्धबाबा मन्दिर विकास समितिका उपाध्यक्ष सन्तोष शेरचन,सचिव अमर प्रधान,सदस्य सावित्रा पाण्डेय लगायतले प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमले प्रहरी र नागरिकका बीच नङ र मासुको सम्बन्ध स्थापित गर्न सफल हुने बताए ।
प्रतिक्रिया