महर्षी वैदिक फाउण्डेशनका सञ्चालक सदस्य भरतराज पौडेलले मंगलवार सिद्धबाबा मन्दिर विकास समिति,दोभानका अध्यक्ष दल बहादुर गुरुङ र पूर्वअध्यक्ष महेन्द्र पाण्डेयसंग भेटघाट गरी सिद्धबाबा मन्दिरमा गुरुकूल सञ्चालन सम्बन्धी छलफल गरेका छन् ।
उनले धार्मिक आस्थाको केन्द्र सिद्धबाबा मन्दिरमा वैदिक सनातन धर्मको रक्षा र संस्कृत भाषाको उन्नयन गर्नका लागि गुरुकूल शिक्षा आवश्यक रहेको औल्याउँदै संसारका धेरै देशहरुमा अहिले गीता,रामायण,पुराणहरुको पढाइ हुँदै आएको बताए । सिद्धबाबा क्षेत्रमा ध्यान र ज्ञान केन्द्र बनाउन आफ्नो फाउण्डेशनले सक्दो नैतिक सहयोग गर्नमा कुनै कञ्जुस्याइँ नगर्ने बताए ।
सो फाउण्डेशनले न्यूनतम ३५ जना विद्यार्थी भएमा वार्षिक साढे छ लाख आर्थिक अनुदान समेत दिने भएको हुँदा सिद्धबाबा मन्दिरमा आर्थिक समस्या नपर्ने जानकारी गराए । साथै त्यहाँ पढ्ने बटुकहरुले दैनिक स्वस्ती वाचन,पाठपरायण,आरति समेत गर्ने भएको हुँदा सिद्धबाबा मन्दिरको गरिमा र महिमा बढाउन सहज हुने उनको तर्क थियो ।
मन्दिर विकास समितिका पूर्व अध्यक्ष महेन्द्र पाण्डेयले गुरुकूल शिक्षा सुआत् गर्न सकेमा यस क्षेत्रको धार्मिक महिमा बढ्ने भएकाले त्यसप्रति मन्दिर विकास समितिलाई छिट्टै सकारात्मक कदम चाल्न आफूले पनि सुझाउने बताए । त्यसका लागि मन्दिरले स्थानीय सरकार,शिक्षा कार्यालय र सम्बन्धित सबैसंग बसेर छिटो कदम चाल्नु पर्ने र सक्दो छिटो गुरुकूल शिक्षा लागू भएको आफूले हेर्न चाहेको समेत पाण्डेयले बताए ।
- admin
- २०७५ आश्विन २३, मंगलवार १६:४०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया