ईलाका प्रहरी कार्यालय,बुटवलले आज मंगलवार शान्ति सुरक्षा,चाडपर्वमा घट्न सक्ने घटना र सुरक्षाका निम्ति अपनाइएका रणनीतिक योजना सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सुरक्षा सम्बन्धी जानकारी गराउँदै प्रहरी उपरीक्षक डिल बहादुर मल्लले चाडपर्वका बेला घटन सक्ने आपराधिक घटनालाई रोक्न र तासजुवा खेल्नेहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउन आफूहरु कस्सिएर लागेको बताए ।

हरेक दिन साँझदेखि रातिसम्म राजगमार्गमा साधा एवम् बर्दीधारी हतियारसहितका प्रहरीहरु सुरक्षाका निम्ति खटाइएको र तासजुवाका अखडाहरु खोजी खोजी जुवाडेहरुलाई पक्राउ गरी कार्वाही गर्न प्रहरीहरु तम्तयार रहेको उनले बताए । जुवाडेहरुलाई मुद्दा चलाउने आफ्नो रहरलाई कसैले छेक्न नसक्ने उनको जिकिर थियो ।

पत्रकारहरुले सोधेको एक प्रश्नमा प्रहरी उपरीक्षक मल्लले भने हामीले पक्रेका कुनै पनि अभियुक्तहरुलाई माथिको आदेशका भरमा छाड्ने छैनौं । कानूनको पूर्णपालना गर्नेछौं । नागरिकको सुरक्षा गर्नका लागि हामी अहोरात्र खटिएका छौं यो हाम्रो नैतिक जिम्मेवारीमात्र होइन कामप्रतिको वफादारिता हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ,रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डेय,टिआर शर्मा,भरत केसी लगायतले शान्ति सुरक्षा र प्रहरीको सुरक्षा योजना सम्बन्धी चासो राखेका थिए ।
- admin
- २०७५ आश्विन २३, मंगलवार १७:३८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया