रूपन्देही । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाछन् । लुम्बिनी प्रदेश प्रमख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५७ जनाको समर्थनमा गीरी मुख्यमन्त्री बनेका हुन । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सपथ कार्यक्रम भने विहिबार पौष २८ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपतयकामा दिउँसो १ बजे हुने भएको छ । नवनियुक्त मुख्यमन्त्री लीला गिरीले अाधा कार्यकाल माअाेवादीलाई दिने विषयमा पार्टीबाट कुनै जानकारी नभएको जनाएका छन् । मुख्यमन्त्री नियुक्त भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै गिरीले समृद्ध प्रदेश खुसी जनताको नारालाई पुनः कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले नागरिकको जीवनस्तरलाई राजनीतिक परिवर्तनबाट सम्बोधन हुनु पर्ने बताउँदै त्यसै तर्फ सरकारको ध्यान केन्द्रीत हुने बताए ।
पत्रकारहरुको प्रश्नमा आधा कार्यकालको सम्बन्धमा आफ्नो पार्टीबाट कुनै जानकारी नआएको उनले बताए । उनले पार्टीहरुको केन्द्रको निर्णयलाई मानेर जाने धारणा राखे । उनले मन्त्रीपण्डलको आकार सकेसम्म सानो बनाउने पनि बताए । तर माअाेवादी संसदीय दलका नेता जाेखबहादुर महराले अाफ्नाे दलका अध्यक्ष पुष्पकमल दाहालले अाश्वासन दिएकाे बताए । गठबन्धन दलकाे सहमतिमै प्रदेशकाे विकास गर्ने उनले बताए ।
व्यक्तिगत विवरण
नाम ः लिला गिरी
जन्म मिति ः २०११ चैत १४ गते
जन्म स्थान ः रुरु गाउँपालिका–५, गुल्मी
पत्नीको नाम ः इन्दिरा गिरी
सन्तति विवरण ः छोरी (२) छोरा (१)
शैक्षिक योग्यता ः बीए
राजनीतिक जीवन
–२०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
–२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी
–२०३७ सालको मजदुर आन्दोलनमा सहभागी
–२०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
–२०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी
–२०३९ सालमा क्रान्तिकारी बुद्धिजीबी संघमा आबद्ध
–२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य (भूमिगत)
–२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
–२०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
–२०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
–२०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
–२०६१ मा शाही कु विरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
–२०६२÷६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
–२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
–२०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशन केन्द्रीय कमिटी सदस्य
–२०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष
–२०७८ मंसिरमा एमाले दसौं महाधिवेशनदेखि पोलिटब्यूरो सदस्य
–२०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेता
राजकीय भूमिका
–२०४९ मा पहिलो गाविस अध्यक्ष
–२०७४ मा प्रदेश सभा सदस्य
–२०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म प्रदेशको मन्त्री
–२०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित
–२०७९ पुसमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
प्रतिक्रिया