नामै नलिई प्रचण्डले भने – एक्लै हिंड्न खोज्ने ओरालो लागे
admin
२०७८ मंसिर २४, शुक्रबार १७:२८
२४ मंसिर २०७८, शुक्रवार
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै एक्लै हिंड्न खोज्नेहरु ओरालो लाग्ने बताए । उनले भने, ‘पार्टी र साथीहरू एक्लै हिंडे कुराको अहंकार कसैले नगरौं । राजनीतिक प्रतिस्पर्धा गरेपनि एकता खोज्नै पर्ने हुन्छ । एक्लै हिंड्ने अहंकार गर्दा जसले हिंड्न खोज्यो, उसको ओरालो लाग्यो भन्ने नेपालको इतिहासले भन्छ ।’
प्रतिक्रिया