नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले संविधान संशोधन हुनुपर्ने बताए। “हाम्रो अनसन्तुष्टि संविधानमा छ,” ठाकुरले भने, “हाम्रा माग पूरा नभए फेरि सडकमा उत्रिन्छौं। सरकारले दवाउन खोजे ज्यालामुखी जस्तै विस्फोट हुन्छ।”
अझै पनि आफ्ना नेता र कार्यकर्ता जेलमा रहेको जिकिर गरे। रेशम चौधरी लगायत नेता जेलमा रहेको उल्लेख गर्दै उनले उनीहरूविरुद्धको मुद्दा फिर्ता लिन आग्रह गरे।
यसमा कांग्रेस लगायत सबै दलले सहयोग गर्नुपर्ने ठाकुरको भनाइ थियो।
प्रतिक्रिया