दोभान र झुम्सा खोला मिलेर तिनाउ नदी बन्छ । दोभान र झुम्सा खोला बढेर आउँदा २०३८ सालको असोज १३ गतेका दिन दोभान र बुटल क्षेत्रमा धेरै धनजनको क्षति भएको थियो । दोभान क्षेत्रबाटमात्र २९ जना स्थानीय बासिन्दाहरुले ज्यान गुमाउनु परेको कहालीलाग्दो घटना छ । यसबाट दर्जनौंका संख्यामा परिवार घरवारविहिन हुन पुगेका थिए ।
सोही असोज १३ गते बाढीका कारण ज्यान गुमाएका मृतात्माको चीर शान्तिको कामना गर्दै आज सिद्धबाबा क्षेत्रमा दीप प्रज्जवलन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सदस्य एवम् पहिरो विशेषज्ञ प्राज्ञ डाक्टर रञ्जन दाहाल र सिद्धबाबा मन्दिर विकास समितिका मूल गुरु नाराण प्रसाद घिमिरेले धार्मिक मन्त्र वाचन गरी दीप प्रज्ज्वलन गरिएको थियो । २९ जनाको सम्झनामा २९ थान दीप मन्दिरका अध्यक्ष दल बहादुर गुरुङ,सचिव अमर प्रधान र कोषाध्यक्ष लगायत मन्दिर आएका भक्तजनहरुले समेत बालेका थिए ।

२०३८ साल असोज १३ गतेका पीडितहरु अमर प्रधान र दल बहादुर गुरुङले आफ्ना भोगाईका साथै फेरि पनि तिनाउले पुरानो अवस्था दोहोराउन सक्ने भएकोले बेलैमा सर्तक रहन अपील समेत गरेका थिए । तिनाउ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष प्रेम पाण्डेयले मृतात्माको चीर शान्तिका लागि गरिएको यो पूण्यकर्मले निरन्तरता पाओस भनी त्यस्तो कहाली लाग्दो दिन कसैले भोग्न नपरोस बताए ।
कार्यक्रममा प्राज्ञ डाक्टर रञ्जन दाहालले कुहिरे भीरको पहिरोे र यसको समयमै चित व्यवस्थापन गरिएन भने तिनाउ नदी थुनिएर बुटवलको अवस्था भयावह हुने सक्ने भएकोले सबैको ध्यान यतै हुनु पर्नेमा जोड दिए । असोज १३ को कालो दिन कसैगरी फेरि दोहोरिन नदिन बेलैमा सरकार,स्थानीय बासिन्दाहरु सचेत र सजग हुनु पर्नेमा जोड दिए ।
- admin
- २०७५ आश्विन १३, शनिबार १४:४५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया