
– लक्ष्मण श्रेष्ठ
के हो त भैरव नृत्य ?
देशका विभिन्न भागहरूमा नेवारहरूले नाच्ने भैरव नृत्यभन्दा अर्घाखाँचीको भैरव नृत्यमा केही फरक छ । अर्घाखाँचीको पनि चार ठूला हटियाहरूमा मात्र यस्तो नृत्य प्रदर्शन गरिने गरेको पाइन्छ । ती चार ठूला हटियाहरू हुन् ः डिभर्ना, वाङ्ला, लातेंमाझ र नुवाकोट । यी हटियाहरूमा प्रदर्शन गरिने भैरव नृत्य रातीमा मात्र नाच्ने गरिन्छ । भैरव नृत्यमा मुख्यतः चार नर्तकहरू हुन्छन् । चार मध्ये तीनवटाले ठूला ठूला मुकुण्डो लगाएका हुन्छन् भने मुकुण्डोकै जस्तो रंगको घाँघर लगाएका हुन्छन् । मुकुण्डो नलगाएको तर शृङ्गार गरेको नर्तकलाई डङ्किनी भन्ने गरिन्छ । डङ्किनीको दाँया हातमा पूजा सामग्री हुन्छ भने बाँया हातमा फूल हुन्छ । सेतो मुकुण्डो लगाएको नर्तकलाई दर्शकहरूले सेतो भैरम भन्ने गर्छन् । उसको मुकुण्डोको चिउँडोमा थोरै सूँडको टुप्पो जस्तो आकृति हुन्छ । जसले बताउँछ यो गणेशको प्रतिक हो । अर्थात् धर्मशास्त्रमा वर्णीत शिव, पार्वतीका छोरा गणेश नै सेतो भैरव हुन् । रातो र सुनौलो रंगको घेराहरू हुने सेतो भैरवको दाँया हातमा बञ्चरो हुन्छ । त्यस्तै रातो रंगको मुकुण्डो लगाएको र रातै घाँघर लगाएको नर्तकलाई रातो भैरम भन्ने गरिन्छ । रातो भैरमलाई देवीको प्रतिक मान्ने गरिन्छ । जसको हातमा डमरु हुन्छ । कालो मुकुण्डो र कालै घाँघर लगाएको, चौरीको चँवरले कपाल बनाएको, हातमा तरबार समातेको हेर्दै डरलाग्दो नर्तक भने काल भैरवको रुप हो । स्थानीय लवजमा कालो भैरम भनिने कालो भैरव मूल नर्तक पनि हो । भैरवका मुख्य वाद्यवादक टोप प्रसाद श्रेष्ठका अनुसार यी सबै मुकुण्डोहरू डेढ सय वर्षभन्दा पुराना हुन् । हरेक पटक नृत्य गर्नेबेला रंगरोगन गरिने यी मुकुण्डोहरू अरुबेला भैरवको मन्दिरमा संरक्षित गरिन्छ । जसलाई हेर्न पनि पाईंदैन ।
नृत्यमा दसवटा बाजाहरू प्रयोग गरिन्छन् ः तीनवटा मादल, दुई वटा सनाई, दुई वटा कर्नल, दुईवटा बाँसुरी र एक–एकवटा ताचा, झुर्मा र झ्याली । नृत्यमा जम्माजम्मी ६ ताल हुन्छन् । प्रत्येक तालको अन्त्यमा सबै नर्तकहरू एकै स्थानमा फनफनी घुमेर जुरुक्क उफ्रिन्छन् । नृत्यको मियो भने प्रमुख वाद्यवादकको हातमा हुन्छ । प्रत्येक तालको सञ्चालन, त्यसको विश्राम सबै मुख्य वाद्यवादकले नै गर्छन् । हेर्दै रोचक लाग्ने भैरम नृत्य स्थानिय वासीको सम्पत्ती हो ।
भैरव नृत्यमा मुख्य नृत्य भैरव नृत्य भएतापनि यसबाहेक अन्य प्रस्तुतीहरू पनि रहनेगर्छन् । जसमा परम्परागत नृत्यहरू र ख्यालहरू पर्छन् । स्थानिय लवजमा टाकुन्डोली भनिने लाठी नाच त्यसमध्ये प्रमुख हो । टाकुन्डोलीमा एउटै पोशाक लगाएका युवाहरू जोडी जोडीमा नाच्ने गर्छन् । प्रत्येकको दुवै हातमा लाठी हुन्छ । यसमा पनि नौ ताल हुन्छ । बाजाकै अनुसार लाठी ठोक्काउने, घुम्ने र उफ्रिने हुँदा निकै कलात्मक देखिन्छ यो नृत्य । छ देखि आठ जोडी युवाहरू एकैपटक नाच्दा उत्पन्न हुने उमंगलाई शब्दमार्फत व्यक्त गर्नु त कठिन हुन्छ नै ।
त्यस्तै अर्को प्रस्तुती हो घोडा नाच । यो पनि परम्परागत नृत्य नै हो । यसमा पनि बाजाकै अनुसार नृत्य हुने गर्छ । एकजनाले कम्मरमा घोडाको मुखाकृती भएको खप्पर भिरेको हुन्छ र उसको एउटा हातमा छाता हुन्छ । अर्कोेले हाँस्य मुद्राको खप्पर लगाएको हुन्छ । बाजाकै ताल अनुसार अगाडि पछाडि गर्दै उसले घोडालाई जिस्काउँछ । घोडाले उसलाई खेद्दै गर्छ । हातमा छाता समाएर घुमिरहेको घोडा आकृतिलाई हेर्दा घोडचढीको प्रतिक बनाइएको सहजै बुझ्न सकिन्छ । यस नृत्यले त्यस समाजमा पहिले घोडा प्रयोग गर्ने गरिन्थ्यो भन्ने सहजै बुझाउँछ ।
चरा नृत्य अर्को प्रस्तुती हो जहाँ स्थानीय सामग्रीहरूबाट एउटा चराको आकृती बनाइएको हुन्छ । त्यसभित्र मान्छे हुन्छ तर देखिंदैन । लाहुरेको भेष भएको एकजनाले त्यो चरा नचाउँदै आउँछ भने जोगीको भेषमा आएको अर्कोले अनेक ठट्टाले चरालाई जिस्काउँछ ।
दुई जना युवाहरूले बाजाको तालमा रणकौशल प्रस्तुत गर्ने अर्को नाचलाई स्थानियवासी घुर्चा नृत्य भन्ने गर्छन् । यस नृत्यमा दुईजना युवाहरूले बाजाकै तालमा घुम्दै र उफ्रंदै अनेक रणकौशलहरू प्रस्तुत गर्नेगर्छन् । यसबाहेक अनेक ख्यालहरूले सिंगो प्रस्तुतीलाई रोचक बनाइदिन्छन् ।
यसरी थाहा हुन्छ, भैरम भनिने भैरव नृत्य आफैमा एक नृत्य नभई स्थानिय समाजमा परिचित अनेक नृत्य र ख्यालहरूको संगम हो । रातभर देखाइने यो नृत्यले समाजमा एकिकृत भावना बसाइदिएको छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया