बुटवल स्मार्ट सिटीका लागि पूर्वाधार निर्माण महत्त्वपूर्ण भएकाले कार्यालयले नै नक्सा बनाउन सुरु गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ । अनिवार्य भवन संहिता पालना गराउन र सेवाग्राहीलाई एकै ठाउँबाट सुविधा दिन सेवा सुरु गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
यसले उपमहानगरलाई स्मार्ट सिटी बनाउन र नागरिकलाई घर बनाउन दुवैमा सहयोग हुने उनले बताए । ‘नयाँ घरको नक्सा तथा डिजाइनका लागि सेवाग्राही कतै धाउनु पर्दैन, उपमहानगरमा आए हुन्छ,’ उनले भने, ‘एउटा मापदण्ड देखाएर अर्को घर बनाउँदा हुने असुरक्षा हट्नेछ ।’ यसअघि स्थानीयले नक्सा पासका लागि अनावश्यक रकम र समय खर्चिनु पथ्र्यो ।
नक्सा बनाउने विशेषज्ञ तथा प्राविधिक उपमहानगरले व्यवस्था गरेको छ । उनीहरूले प्रचलित भवन संहिताअनुसार नक्सा बनाउँछन् । भुइँतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्सा बनाउने मापदण्ड तोकिएको छ । नक्सा डिजाइनबापत भुइँतलाका लागि पाँच र त्यसभन्दा माथिका लागि थप आठ हजार रुपैयाँ लाग्नेछ ।
यसका लागि सेवाग्राहीले जग्गाधनी पुर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्सा, फाइल नक्सा, घरधनीको फोटो र चार किल्ला बुझाउनुपर्ने छ । योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार विषय विज्ञ र नगरका प्राविधिकको सुझावका आधारमा मापदण्ड अनुरूपका नयाँ–नयाँ आधुनिक घरहरूको डिजाइन प्रोफाइल तयार पारिएको छ ।
चालु आर्थिक वर्षदेखि घरनक्साका सबै काम अनलाइनमार्फत गराउने काम इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सुरु भएको छ । ईबीपीएस प्रणाली सुरु हुनुअघि बनेका नगर क्षेत्रका घरमा भने मापदण्डमा धेरै समस्या छ ।
मापदण्ड नपुगेका घरलाई मापदण्डमा ल्याउने केही समयअघि उपमहानगरले अनुगमन गरेको थियो । प्रक्रियामा रहेका तर विविध कारणले रोकिएका घरनक्साको अहिले अनुगमन फाइलहरूको प्रकृति हेरेर गरिरहेको योजना प्रमुख श्रेष्ठले बताए । तथ्यांकअनुसार बुटवलमा वार्षिक रूपमा झन्डै १ हजार ५ सय घर निर्माण हुने गरेका छन् ।
- admin
- २०७५ आश्विन १२, शुक्रबार १०:५५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया