पत्रकार र मानवअधिकारकर्मीहरूको नागरिक संगठन मानवअधिकार संचार प्रतिष्ठान (इहिकन)को अठारौँ साधारणसभाले मीना शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
शान्ति, मानवअधिकार र लैँगिक हिसाका विषयकी प्रशिक्षक मीना शर्मालाई तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरिको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बिभिन्न विषयमा प्रशिक्षण दिने गरेकी शर्मा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
सर्चफर कमन ग्राउण्डमा प्रोजेक्ट कोर्डिनेटर भैसकेकी शर्माको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा रविना श्रेष्ठ, महासचिवमा नेहा शर्मा, सचिवमा रीता सापकोटा र कोषाध्यक्षमा अनिता विष्ट निर्वाचित भएका छन् ।
श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिव, सापकोटा सचिवमै थिइन् । नेहा तीन वर्षको अघिकै कार्यसमितिमा सचिव थिइन् ।
कार्यसमितिको सदस्यहरूमा शारदा कोइराला, कर्ण नेपाली, रोशनी अधिकारी र देविका तिमिल्सिना रहेका छन् । कार्यसमिति चयनका लागि निर्वाचन मण्डलमा वरिष्ठ पत्रकार टंक पन्त, तीर्थ कोइराला र राधा बुढाथोकी रहेका थिए ।
निवर्तमान अध्यक्ष एवम् मानवअधिकारकर्मी, पत्रकार अमुता लम्सालको अध्यक्षतामा भएको साधारणसभाले अघिल्लो कार्यसमितिमा प्रभावकारी रुपमा महासचिव पदमा रहेकी रविना श्रेष्ठले पेश गरेको प्रतिवेदन र कोषाध्यक्ष अनिता विष्टको प्रतिवेदनलाई पारित गरेको छ ।
साधारणसभामा निर्वाचित अध्यक्ष मीना शर्माले संस्थालाई सामूहिकताको आधारमा अगाडि बढाउने भन्दै सुशासन र पारदर्शितामा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले विगतमा भएका कमजोरी आगामी दिनमा हुन नदिने तथा संस्थालाई व्यवस्थित ढंगले संचालन गर्ने बताएकी छिन् ।
- admin
- २०७५ आश्विन ७, आईतवार ०३:३५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया