प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव डाक्टर मान बहादुर विकेले आज पाल्पा तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिरको दर्शन तथा अवलोकन भ्रमण सम्पन्न गरेका छन् । उनलाई मन्दिर विकास समितिका अध्यक्ष तथा पण्डितहरुले रामनामी च्यादर र पुष्षगुच्छाद्वारा स्वागत तथा सम्मान गरेका थिए ।
सिद्धबाबा मन्दिरको धार्मिक,ऐतिहासिक एवम् पर्यटकीय महत्व,यसको वर्तमान तथा भावी कार्यक्रमका सन्दर्भमा अध्यक्ष गुरुङले जानकारी गराएका थिए । सचिव डा.मान बहादुर विकेले सिद्धबाबा क्षेत्रको गरिमा र महिमालाई अझ्ै धेरै फैलाउनका लागि मन्दिरले प्रकाशन गरेको हातेपर्चा(ब्रोसियर) लाभदायक हुन सक्ने र यसलाई प्रचार प्रसार गर्न भारतका धार्मिक स्थलहरुसंग सम्बन्ध,सहकार्य गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनीबाट सिद्धबाबा मन्दिरसम्म टूरिष्ट बस सञ्चालन गर्न सकेमा पक्कै पनि विदेशी पर्यटकलाई सिद्धबाबाका सन्दर्भमा जानकारी गराउन र आर्थिक उपार्जनमा समेत टेवा मिल्ने सचिव विकेले बताए । उनले सिद्धबाबा क्षेत्रमा रक क्लाइम्बिङ्ग,बन्जिजम्प जस्ता आकर्षक क्रियाकलाप सञ्चालन गर्न सकिने अवलोकन पछि बताए ।
- admin
- २०७५ आश्विन ६, शनिबार १५:२८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया