पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं.३ को झुम्सा बजार नजिकै रहेको पलन्धर टोलहुँदै बेलदमार,बेरुवा,हात्तीकोट,सराङ्खोलाबाट पुनःपलन्धर टोलसम्मको करिव १५ किमीको पैदल यात्राको दूरीलाई दालचिनी फूट ट्रेलको रुपमा घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही असोज १९ र २० गते सो फूट ट्रेलको घोषणा सामुदायिक वन समन्वय समिति,दोभानको संयोजनमा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगर र डिभिजन वन कार्यालय,पाल्पाका वन अधिकृत दधिलाल कंडेलले संयुक्त रुपमा गर्ने छन् –समन्वय समितिका अध्यक्ष अमर प्रधानले बताए । उनका अुनसार त्यस क्षेत्रलाई आन्तरिक पर्यटनको हब बनाउन र आम्दानी वृद्धि गर्नका लागि घोषणा गर्न थालिएको हो ।
सोही समितिका वरिष्ठ उपाध्यक्ष दल बहादुर गुरुङले–दालचिनी क्षेत्रको रुपमा पहिचान दिन,यसको खेतीलाई संरक्षण र प्रवद्र्धन गर्नुका साथै आन्तरिक पर्यटकहरुलाई फूट ट्रेलको यात्रा गराउन सके तिनाउको पर्यटन विकासमा टेवा पुग्नेछ ।
सो पूmट टे«लको तयारीका लागि शनिवार बसेको वैठकले असोज १९ गते शुक्रवार दिउँसो २ वजे झुम्सा नजिकै रहेको पलन्धर टोलमा उद्घाटन गरिने समन्वय समितिका उपाध्यक्ष कृष्ण रेग्मीले बताए । सो घोषणा कार्यक्रममा स्थानीय तिलोत्तमा,गौतम,हात्तीकोट र कोईली सामुदायिक वन उपभोक्ता समूहहरुले व्यवस्थापकीय सहयोग गर्ने छन् । सो फूट टे«लका बारे जानकारी दिन हातेपर्चा प्रकाशन र मोबाईल एप्सको समेत निर्माण गरिने छ ।
- admin
- २०७५ आश्विन ६, शनिबार १५:०७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया