सामुहिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गर्यो पाठेघर सम्बन्धी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर
admin
२०७५ आश्विन ६, शनिबार १४:३४
रजत महोत्सवका अवसरमा सामुहिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडले तिलोत्तमा नगरपालिकाको १७ नम्बर वडामा पर्ने गंगोलिया गाउँमा पाठेघर सम्बन्धी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न गरेको छ ।
बुटवलमा रहेको आम्दा अस्पताल,तिलोत्तमा नपा,जिल्ला जनस्वास्थ्य कार्यालय,रुपन्देही र एप्पल फार्मास्युटिकल्सको विशेष प्राविधिक सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
उक्त शिविरमा महिला तथा पाठेरोग विशेषज्ञ डाक्टर रिमा रिसाल ले महिलाहरुमा अझैँ पनि पाठेघर एवम् स्तनको क्यान्सर सम्बन्धी समस्या रहेकोले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सो निःशुल्क स्वास्थ्य शिविरमा एक सय पचास बढी महिलाहरुले पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी परीक्षण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नपाकी उपमेयर जागेश्वरी चौधरीले यस्तो खालको स्वास्थ्य सम्बन्धी शिविरले महिलाहरुलाई सचेत रहन र रोग लाग्नबाट सहयोग मिल्ने बताइन। सस्थाका अध्यक्ष चुडामणि खरेलले कार्यक्रमका बारेमा प्रकास पार्नु भएको थियो भने स्वागत् सस्थाका उपाअध्यक्ष रुद्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो सस्थाका सदस्य देबि वाग्लेको संचालन तथा संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया