प्रदेश ५ का १२ वटा जिल्लाबाट सहभागि भएका मध्ये १० वटा उत्कृष्ट गजलकारलाइ बाचनका लागि आज बुटवल बोलाइएको थियो ।


शान्ति र समृद्धि केन्द्रित गजलमा रुपन्देहीका बिष्णु बिबश पोखरेल प्रथम,दाङका बसन्त वली बसन्ती द्वितिय,बुटवलका पुरुषोतम पाण्डे तृतिय, पाल्पाका भोजराज भट्राइ र गुल्मीका कृष्ण गांउलेले सान्त्वना स्थान हासिल गर्दै क्रमश १० हजार,५ हजार ,३ हजार र जनही २ -२ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदी, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले पुरस्कार प्रदान गर्नुभयो ।
सो अबसरमा बोल्दै नगरप्रमुख सुबेदीले साहित्य कला र संस्कृतिको उत्थानका लागि उपमहानगरले चालु आर्थिक बर्षका लागि २५ लाख बिनीयोजन गरेको बताउनुभयो ।
उहाले प्रतिष्ठानलाइ बृहत बनाउने गरि ऐन,नियम,बिधि बनाउने काम भैरहेको उल्लेख गर्नुभयो ।

बिश्व शान्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका संयोजब बूद राना,सदस्य रुद्र ज्ञवाली, प्रतिष्ठानका सचिव दल बहादुर गुरुङले लगायतले बोल्नुभएको थियो भने १ दर्जन स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो ।
टप टेन भित्रबाट ५ जना गजलकार पुरस्कृत भए भने अन्य गजलकारहरुमा कपिल ज्ञवाली बुटवल ,मिन राना नवलपरासी ,धुर्बराज पन्थी गुल्मी ,उद्धब देबकाेटा रुपन्देही र प्रकाश नेपाली रुपन्देही रहेका छन् ।

गजल बिधालाई पनि परिवर्तनशिल,अग्रगामी र समाज रुपान्तरणको माध्यम बनाउन प्रतियोगिता आयोजना गरिएको बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले बताए ।


- admin
- २०७५ आश्विन ५, शुक्रबार १६:००
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया