रजत महोत्सब तथा संबिधान दिवशको अवसरमा सामूहिक विकास सहकारीद्धारा शंकरनगरमा रक्तदान
सामूहिक विकास बचत तथा ऋण सहकारी सस्थाले सस्थाको रजत महोत्सब तथा संबिधान दिवशको अवसरमा आज सस्थाको कार्यालय शंकरनगरमा रक्तदान कार्यक्रम गरेको छ ।
गत साउनदेखि रजत बर्षका अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्न सुरु गरेको सहकारीले आज रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २० युनिट रगत संकलन भएको छ ।

सस्थाका सदस्य देबि वाग्लेको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रजत वर्बाकै अवसरमा सस्थाले पर्सी शनिवार तिलोत्तमाको गंगौलियामा निशुल्क बृहत्त स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । बुटवल स्थित सिद्धार्थ महिला तथा बाल ( आम्दा) अस्पतालको प्रबिधिक सहयोगमा महिला रोग सम्वन्धि शिबिर आयोजना गरीएको सस्थाका अध्यक्ष चुरामणि खरेलले जानकारी दिनुभयो ।
पर्सी बिहानदेखि साझैसम्म गंगौलिया स्वास्थ्य केन्द्र तथा परिसरमा आयोजना हुने शिविरमा सहभागि भई लाभान्वित हुन महिलाहरुलाई अध्यक्ष खरेलले आग्रह गर्नु भएको छ ।

रुपन्देहीको पहिलो बचत तथा ऋण सहकारीका रुपमा स्थापित सामूहिक विकास बचत तथा ऋण सहकारीले माघ महिनासम्म , खेलकुद, स्वस्थ्य शिविर, सहयोग हस्तान्तरण, प्रदेशस्तरीय सहकारी गोष्ठी, कविता गोष्ठी लगाएतका रचनात्मक कार्यक्रम गर्ने तय गरेको उपाध्यक्ष रुद्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
शंकरनगरमा कार्यालय रहेको सहकारी नेपालका राष्टियस्तरका बैक तथा बित्तिय सस्थाहरु जस्तै सवल, र सक्षम रहेको छ ।

सरकारी र सहकारी क्षेत्रका बिभिन्न राष्टिय र क्षेत्रीय पुरस्कार पाएको सामुहिक सहकारी सदस्य संख्याको आधारमा प्रदेश ५, ६ र ७ मै सबैभन्दा ठूलो सहकारी हो । २०५० सालमा स्थापित यो सहकारीले १ अर्व ४७ करोड ६२ लाख ३१ हजार ५ सय ११ रुपैयाँ कर्जा लगानी गरेको छ । २६ जना शेयर सदस्यले २६ सय शेयर पुँजी जम्मा गरी सहकारी स्थापना गरेका थिए । अहिले सदस्य संख्या ६ हजार ३ सय ५५ पुगेको छ । जसमध्ये ३ हजार ५ सय ८५ जना महिला छन् ।


- admin
- २०७५ आश्विन ४, बिहीबार १५:५४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया