बुटवल । बुटवल उप–महानगरपालिका र बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,बुटवलको आयोजनामा आउदो असोज ५ गते बिश्व शान्ति दिवसका अवसरमा शान्ति र समृद्धि केन्द्रीत पांच नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता पहलिो पटक बुटवलमा हुदैछ ।
प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीका अनुसार सो प्रतियोगितामा सहभागी हुने गजलकारहरुले भदौ मसान्त (३१ भदौ) भित्र आफ्ना गजल इमेलमार्फत पठाउनु पर्ने छ । ढिला गरी आउने गजलले प्रतियोगिताका निम्ति अवसर नपाउने आयोजकले जनाएकाछन् ।
प्रदेश नम्बर पाँचमा पर्ने १२ जिल्लाका गजल श्रष्टाहरुमध्ये छनौटमा परेका उत्कृष्ट पाँच जना गजल श्रष्टाले वाचनका लागि भाग लिन पाउने छन् । साथै सो प्रतियोगितामा विजयीहरुलाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने प्रतिष्ठानका सचिव दल बहादुर गुरुङले बताए । उनका भनाईमा प्रथम पुरस्कार दश हजार रुपैया र प्रमाणपत्रसहित अन्य पुरस्कृतको पुरस्कार पनि आकर्षक छ ।
देशकै चर्चित र बरिष्ठ गजलबीज्ञहरुको तीन सदस्यीय निर्णायक मण्डल रहेको सो प्रतियोगिताका लागि प्राप्त गजलहरुका प्रारम्भिक मूल्यांकन गरी उत्कृष्ट पाँच गजलहरु छनौट गरिने छ । आयोजकले फोन तथा इमेल मार्फत छनौटमा परेका प्रतियोगीहरुलाई वाचनका लागि सूचित गर्ने छ ।
गजल बिधालाई पनि परिवर्तशिल,अग्रगामी र समाज रुपान्तरणको माध्यम बनाउन यो प्रतियोगिता उपयोगि हुने आयोजकहरुले बताए । आयोजकहरुले यो प्रतियोगिताको जानकारी पहिल्यै सार्वजनिक गरेकाथिए ।
- admin
- २०७५ भाद्र ३०, शनिबार १७:२३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया