ओझेलमा परेको ऐतिहासिक नुवाकोट । किन हुन सकेन नुवाकोटको विकास ? (भिडियो )
admin
२०७५ भाद्र २९, शुक्रबार १८:२१
पाल्पाको तिनाउ गाउँपालिका पर्ने नुवाकोट विकासको दौडमा दौडिरहेको छ ।
वर्तमानमा गाउँमा ४३ घरधूरीहरु छन् । एउटा आधारभूत विद्यालय छ । राणाकालीन ईनार छ । सानो बगैँचा पनि छ । डाँडोमा भैरमबाबाको ऐतिहासिक एवम् धार्मिक मन्दिर छ । मन्दिरकै छेउमै भग्नावशेष किल्ला छ ।
यहाँ सेनबंशीय दरवारका अवशेषहरु पनि भेटिन्छन् ।
गाउँमा विजुली पुग्यो,बाटो पुग्यो तर घरहरु नयाँ बन्न सकेनन् । केवलकारका सपना देख्नेहरुले प्रारम्भिक कामको थालनी गरिसकेका छन् । केही वर्षमै केवलकार नुवाकोटमा पुग्छन् । केवलकार चढेर आफ्नो मायालुलाई घुमाउने सपनाका गीत साहित्यकार ऋषि आजाले लेखि सकेका छन् ।
तरपनि गाउँ उजाड छ,उराठ छ । कुमाल र दलित जातिको बसोबास रहेको सो गाउँमा नयाँ संरचनाहरु बन्ने कहिले होला,शान्ति सुरक्षाका लागि प्रहरी बीट कहिले बन्ला ? गाउँमा पुराना मान्छेहरु मधेस धसिए अनि नयाँ बासिन्दाहरुले नुवाकोटलाई स्पर्श गर्न कहिले आउलान् ?
भूकम्पले धसिएको खानेपानीको मुहान कहिले मर्मत होला ? गाउँमा झिलीमिली कहिले पुग्ला ? सबैले जग्गा त किने तर घरको जग कहिले हाल्लान् ? नुवाकोट विकास समितिले नुवाकोटलाई भारतको दार्जिलिङ्ग बनाउने विराट सपना बुनेको धेरै भयो तर उसको इच्छा अझ्ै पूरा हुन वर्षौ लाग्न सक्ने समितिका अध्यक्ष माधव नेपाल बताउँछन् ।
स्थानीय सरकार आइसकेको छ,प्रदेश र केन्द्रको संघीय सरकारले समेत वजेट विनियोजन गरेको छ । नुवाकोटमा भ्यू टावर छ,ऋषिकालदेवको कुटी छ । तोपखाना छ । कहिले नहारेको सिंगो नुवाकोट डाँडा छ । तैपनि विकासको खोजीमा निरन्तर दौडि रहेको छ । स्थानीय सरकारको पहल धेरै हुनु पर्ने देखिन्छ । सम्भवत् स्थानीय सरकारले नुवाकोटको विकास र उन्नतिका निम्ति सक्दो पहल गर्ने छ । आज उजाड र उराठ रहेको नुवाकोट निकट भविष्यमै विकसित र हराभरा हुने छ ।
प्रतिक्रिया