७ असोज २०७८, बिहिवार
नेकपा (एकीकृत समाजवादी) का तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले पार्टीको महासचिव तोक्ने भएको छ । अहिले पार्टीभित्र डा वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा विजयकुमार पौडेल आदि महासचिवका आकांक्षी छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले वरिष्ठता र सबै कमरेडलाई स्वीकार्य हुने व्यक्ति नै महासचिवको दाबेदार हुने पनि बताए । नेता ज्वालाले भने, ‘जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्ताव समूहगत छलफल गरी सुझावसहित पारित भएको छ । आज संगठानिक प्रस्तावमा छलफल हुन्छ । केन्द्रीय समिति विस्तार, कार्यविभाजन र कार्ययोजनाबारे निर्णय गरी बैठक समापन हुनेछ । आजकै बैठकमा पार्टी अध्यक्षको प्रस्तावमा महासचिव, स्थायी समिति, पोलिटब्युरोको टुंगो लाग्छ ।’
ज्वालाका अनुसार एकीकृत समाजवादीको केन्द्रीय कमिटी २५१ जना हुनेछ भने त्यसको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी समिति बन्नेछ । ज्वालाले भने, ‘त्यसलाई समावेशी बनाउनुपर्ने चुनौती छ । आठौं र नवौं महाधिवेशनलाई पनि मापदण्डमा समेटेका छौं । तर हामीबीच महासचिवबारे कुनै वादविवाद र उछिनपाछिन छैन, हार्दिक एकता छ । पार्टीले आवश्यक ठान्दा जो बन्दा पनि हुन्छ । तर व्यक्तिका बारेमा लोकतान्त्रिक ढंगको लामो छलफल भएको छैन ।’
नेता ज्वालाले सैद्धान्तिक र वैचारिक विमतिलाई लिएर गरिने गालीगलौज जसले गरे पनि त्यो बेठीक हुने बताए ।
- Manish Pantha
- २०७८ आश्विन ७, बिहीबार ११:३३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया