१ असोज २०७८, शुक्रवार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गरेका छन्। नेकपा एमालेसँग फुटेर बनेको पार्टीको केन्द्रीय कार्यालय नेपालले आज बिहान उद्घाटन गरेका हुन्। नयाँ बानेश्वरको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयको उद्घाटनपछि नेपालले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराको उदय भएको बताए। ‘एउटा नवीन सोच र मान्यताका साथ हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराको उदय गराएका छौ। यो क्षितिजमा चम्किरहेको नयाँ तारा यसले नयाँ आशा र विश्वास जनमानसमा पैदा गर्नेछ। युवा पुस्तालाई आशाको सञ्चार गर्नेछ,’ अध्यक्ष नेपालले भने।
गत भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएको थियो। पार्टी स्थापनासँगै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै एकीकृत समाजवादी गफमा नचल्ने बताए। ‘सबै नेता उस्तै हुन्। सबै पार्टी उस्तै हुन् भन्ने कुरालाई चिर्नेछ। गफबाट हैन। हाम्रो गतिविधि र व्यवहारले पुष्टि गर्नेछ,’ नेपालले भने, ‘हामी यथार्थ कुरा गर्नेछौ। सपनाको तरेलीमा कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौ। नेपाल राष्ट्र र नेपाली जनता यो नै हाम्रो सम्पूर्ण चिन्तन, गतिविधिको केन्द्रमा हुनेछ।’
त्यसैगरी नेपालले पार्टी देशभक्ति र राष्ट्रवादले ओतप्रोत हुने बताए। कुनै पद प्राप्तिका लागि पार्टी गठन नगरेको उल्लेख गर्दै नेपालले सबै प्रकारको विचलनहरुबाट जोगाउने काममा आफूहरु लाग्ने तर्क गरे। ‘कम्युनिस्ट आन्दोलनको रक्षाका लागि दृढताका साथ सधै समर्पित भएर लाग्नेछौ,’ उनले भने, ‘कम्युनिस्ट पार्टीलाई मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आत्मसाथ राख्दै दक्षिणपन्थी भासबाट जोगाउन क्रियाशील हुनेछौ। कम्युनिस्ट आन्दोलनलाई सबैप्रकारका विचलनहरुबाट जोगाउने काम गर्नेछौ।’
- Manish Pantha
- २०७८ आश्विन १, शुक्रबार ११:३२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया