३१ भदौ २०७८, बिहिवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको भ्रममा परेर झुक्किएकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आह्वान गरेका हुन् ।
‘माधव नेपालले अलमल्याएका, भ्रममा पारेका र झुक्याएका साथीहरू पार्टीमा फर्कनुस् । कार्यकर्ता फर्कनुस् । झुकिएका साथीहरू फर्किनुस्’, ओलीले भने।
तर, माधव नेपाललाई भने पार्टी फर्कन नपर्ने उनले बताए । नेपालको साथ छाडेर ओलीतिर गएका नेताहरूलाई इंकित गर्दै उनले अब माधव नेपाललाई पार्टीमा फर्कनका लागि आग्रह नगर्न समेत भने । तर, अलमलिएका कार्यकर्तालाई भने अझै पनि पार्टीमा फर्कन ओलीको आह्वान छ ।
साथै, उनले माधव नेपालले पार्टीमा आगो लगाएर खरानी धसेर तीर्थयात्रामा हिँडेको टिप्पणी गरे । उनले भनेका छन्, ‘माधव नेपाल घरमा आगो लगाएर खरानी धसेर तीर्थयात्रामा हिँडेका मान्छेहरूलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी धसेर हिँडे, म केही भन्दिनँ । तर, माधव नेपालले उहाँको व्यक्तिगत महत्वकांक्षा, स्वार्थ, इगो र अहंकार, ईर्ष्याभाव कुण्ठाबाट ग्रसित भएर जुन खेलवाड गर्नुभयो बहुतै डरलाग्दो कुरा हो ।’
उनले माधव नेपालले कार्यकर्ताको खेलवाड गर्न खोजेको आरोप लगाए । उनले भने, ‘आफ्ना स्वार्थका लागि दुनियाँको जिन्दगीसँग खेलवाड गर्ने ? दुनियाँको कार्यकर्ताको राजनीतिक भविष्यसँग खेलवाड गर्ने ? उहाँ त पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । उहाँलाई माथि जाने अरू ठाउँ छैन । उहाँले इगोका लागि जे पनि गर्नुहुन्छ । तर, अरूको त भविष्य छ नि । अरूका भविष्यसँग खेलवाड गर्ने ?’
- Manish Pantha
- २०७८ भाद्र ३१, बिहीबार १७:०७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया