३० भदौ २०७८, बुधवार
बुटवल एन्फा टेक्निकल सेन्टरको मैदान सजिसजाउ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि तयारी र सुरक्षा व्यवस्था बलियोसँग गरिएको।

कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष ओली कार्यक्रमकै सबैभन्दा आकर्षक व्यक्ति। लुम्बिनी प्रदेश सभाले त यस कार्यक्रमलाई साथ दिँदै आजका लागि डाकिएको प्रदेशसभा बैठक नै स्थगित गरेको थियो। त्यसैले एक हिसाबले भर्खरै फुटबाट गुज्रिएको नेकपा एमालेको शक्ति प्रदर्शन भन्दा कम थिएन कार्यक्रम।

भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी छन्। त्यसैले नेता कार्यकर्तासँगै गाडी पनि धेरै नै देखिए। नेता कार्यकर्ता ओसारिएको गाडीमा पार्टीका झन्डा फहरिरहेको थियो।
बिहान ११ बजे शुरु हुने कार्यतालिका रहे पनि ढिलो गरी सुरु भएको छ। यतिखेर नेताहरुको भाषण जारी छ। यहाँको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।
- Manish Pantha
- २०७८ भाद्र ३०, बुधबार १६:५९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया