३० भदौ २०७८, बुधवार
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाका लागि आफूहरु सडकमा जान तयार रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अझै पनि कान्ति भनेपछि जुर्मुराउने युवा पंक्तिहरु रहेको बताए ।
बुधबार (आज) बिहान तत्कालिन पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सातौँ स्मृती दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘तर जरुरी प¥यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ । क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पार्टीभित्र पनि रहेको देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् ।’
त्यसैगरी गुट बनाउँदा फाइदा देखेको कारण नेताहरु बिग्रिएको बताए । तल जनता र मध्यस्तता गर्ने कार्यकर्ताहरु नभइ माथिका नेताहरु बिग्रिएको उनले टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने—‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइनन्, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ।’
त्यस्तै आफूहरु हिजोको बिरासतबाट विचलित जस्तो भएको बताउँदै माओवादीले आफ्नो बाटो बिराएको बताएका छन् ।
- Manish Pantha
- २०७८ भाद्र ३०, बुधबार १२:४०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया