२२ भदौ २०७८, मंगलवार
बिहिबार बिहान बलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण मृत्यु भयो । बुधबार राति सकुशल सुतेका सिद्धार्थ बिहीबार बिहान उठ्न सकेनन् । ४० वर्षकै उमेरमा चर्चाको शिखर उक्लदैँ गर्दा शुक्लाको मृत्यु भयो । उनको मृत्युको कारण हृदयघात भएको भारतको कुपर अस्पतालले जनाएको छ ।
चिकित्सकका अनुसार हृदयघात अकस्मात् हुँदैन । हृदयघात हुनुभन्दा अगाडि यसलाई बढवा दिने थुप्रै लक्षणहरु देखिन्छन् । यस्ता लक्षणहरुलाई समयमा नै पहिचान गरेर सतर्कता अपनाउन सकेमा हृदयघातबाट हुने मृत्युदर कम हुने चिकित्सकहरु बताउँछन् ।
असामान्य मुटुको धड्कन
अत्यधिक दुखी वा अन्यधिक खुशी हुँदा मुटुको धड्कन बढ्नु स्वभाविक नै हो । तर मुटुको धड्कन केही सेकेण्डभन्दा बढी समयसम्म अनियन्त्रित तरिकाले बढ्छ वा घट्छ भने तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ
काँधमा हुने दुखाई
कम्मर वा काँधमा हुने दुखाई पनि हृदयघात हुनसक्ने संकेत हो ।
बंगरा, दाँत वा टाउकोको दुखाई
हृदयघातभन्दा पहिले केही बिरामीहरुको हात, बंगरा, दाँत वा टाउकोको दुखाई बढ्छ । यस्तो समस्यामा शरीरको चेकजाँच जरुरी हुन्छ ।
लगातार खोकी
लामो समयसम्म खोकी लाग्नु वा लगातार खोकी लागिरहनुलाई हृदयघातको लक्षण मानिदैन तर मुटु रोगीहरुले भने खोकी लाग्नुलाई गम्भीर रुपमा लिन आवश्यक छ । यदि मुटुरोगीहरुको खकार सेतो वा गुलाबी रंगको भएमा मुटुले काम गर्न छोड्दैछ भन्ने संकेत हुनसक्छ ।
छाती पोल्नु
यदि छातीमा लगातार जलन भइरहन्छ भने खतरनाक रोगको संकेत हुनसक्छ । खानेकुरा अपच हुने समस्या पनि हृदयघातको लक्षण हो ।
घुर्ने समस्या
निदाएको समयमा घुर्नुलाई सामान्य मानिन्छ । तर, ठूलो आवाजमा घुर्दा सास फेर्न गाह्रो हुनु स्लिपिङ एपनियाको लक्षण हो । राति सुतेको समयमा कतिपय समयमा सास रोकिन्छ जसले गर्दा मुटुमा थप भार पर्न जान्छ ।
पसिना
शरीरमा अत्यधिक मात्रामा पसिना निस्किनु पनि हृदयघातको संकेत हो । चिसो मौसममा पनि पसिना आइरहन्छ भने चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।
बान्ता
बारम्बार बान्ता हुनु, पेट दुख्नु हृदयघात हुनुअघिको लक्षण हो ।
हात वा कुहिनो दुख्नु
यदि गोडा, पैताला र कुहिनो दुख्ने समस्या बढ्दै छ भने यो गम्भीर रोग हुनसक्छ । डाक्टरका अनुसार मुटुले राम्रोसँग रक्तसञ्चार गर्न सकेन भने हृदयरोग हुने खतरा बढ्छ ।
सास फेर्न गाह्रो हुनु
सास फेर्नमा समस्या भएसँगै सासको कमि भएको महसुस भएमा हृदयघातको खतरा बढ्छ । यसका साथै केही व्यक्तिहरुमा हृदयघातभन्दा अगाडि आत्तिने, डायजेशन हुने, मुटु पोल्ने र पेट दुख्ने समस्याहरु पनि देखिन्छ ।
- admin
- २०७८ भाद्र २२, मंगलवार १५:१८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया