
कोरोनाको दोश्रो भेरियन्टसँगै विगत ५ महिनादेखि भएको निषेधाज्ञा मंगलबारदेखि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) बैठकले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरबाहेक अन्य क्षेत्रको सबै गतिविधि खुल्ला गर्ने निर्णय गरेको हो ।
मुस्ताङमा सतप्रतिशत नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेको र संक्रमणदर समेत कम हुँदै गईरहेकाले जारी निषेधाज्ञालाई सहज र खुकुलो बनाउन निर्णय सीसीएमसी गरेको हो । मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै आर्थिक अवस्था चलाएमान हुने अपेक्षा गरिएको छ । बैठकले मुक्तिनाथ मन्दिर तत्कालका लागि खुल्ला नगर्ने तर अन्य क्षेत्रको गतिविधिलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै क्रमशः मुस्ताङलाई सहज बनाउदै लैजाने बताईएको छ।
मुस्ताङमा पहिलो चरणमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएसँगै पोखरा—जोमसोम हवाई सेवा ,लामो तथा छोटो दुरीका यातायात सेवा, पर्यटन क्षेत्र, होटल तथा रेष्टुरेन्ट, मेला-महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक संघसंस्थाको गतिविधि निर्वाध रुपमा संञ्चालन हुनेछन् ।
यस्तै, हाललाई मुक्तिनाथबाहेक उपल्लो मुस्ताङ र उत्तरी कोरलानाकासम्मको भ्रमण गर्नमा पर्यटकलाई कुनै रोकतोक नहुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नाथ पौडेलले जानकारी दिए । तर, मुक्तिनाथ मन्दिर, गुम्बा, बिहार, मस्जिद, चर्च, आदि क्षेत्रमा हुने नियमित पुजापाठ र नित्यकर्ममा यसअघिकै निर्णयलाई कायम राखिएको उनले बताए । प्रजिअ पौडेलले निषेधाज्ञा सहज पारिएको र त्यसको समिक्षा गर्दै केही हप्ताभित्रै मुक्तिनाथ मन्दिर खुल्ला गरिने जनाए ।
कोरोना कहरका कारण मुस्ताङमा जारी निषेधाज्ञा सहज पारिएसँगै मुस्ताङ भित्रिने पर्यटकलाई अब कुनै समस्या नहुने जनाईएको छ । तर, मुस्ताङ भित्रिने विदेशी पर्यटकले अनिवार्य रुपमा ७२ घण्टे पिसिरआर रिपोर्ट देखाउनु पर्नेछ भने आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ । यसका लागि जोमसोम विमान स्थल कक्ष र म्याग्दी र मुस्ताङको सीमानाका घाँसा प्रहरी चौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको युनिट खटाईने छ ।
यस्तै, मुस्ताङमा बसोबास गर्ने नागरिकले भने मुस्ताङ आउजाउ गर्नुपर्दा सम्बन्धीत स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै उनीहरुको हकमा नागरिकता तथा परिचय पत्र देखाए मात्रै पुग्नेछ।
सार्वजनिक तथा निजी सवारी साधनले पिसीआर वा एन्टिजेन रिपोर्ट र खोप कार्ड नभएका व्यक्तिलाई यात्रा गराउँदा संक्रमण पुष्टि भएमा सोको जिम्मेवारी सम्बन्धीत सवारी साधनलेनै जिम्मा लिनु पर्नेछ ।
मुस्ताङमा कोरोना कहरका कारण लगाईएको निषेधाज्ञाले मुस्ताङका पर्यटन व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसँगै मुस्ताङ जिल्लाको अर्थतन्त्र चलायमान हुने मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले अपेक्षा गरे ।
व्यवसायीहरुको हितमा प्रशासनको रोहबरमा आईतबार बसेको सर्वदलीय तथा सर्वपक्षिय बैठकले मुस्ताङमा बिस्तारै सबै क्षेत्रलाइै सहज बनाउदै लैजाने सहमती भएको सांसद तुलाचनले जानकारी दिए । मुस्ताङमा १८ वर्षदेखिमाथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेको र पर्यटकलाई सावधानी अपनाएर मुस्ताङ आउन आग्रह गरे ।
कोरोनाका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा विभिन्न क्षेत्रका व्यवसायी मानसिक रोगको शिकार हुने चिन्ता बढेको उल्लेख गर्दै सांसद तुलाचनले धार्मिक तथा पर्यटकीय जिल्लालाई आर्थिक चलायमान बनाउनु पर्ने बाध्यता आएको जनाए ।
कोरोना माहामारीको पहिलो भेरियन्ट सुरु हुँदा देखि बन्द मुक्तिनाथ मन्दिर ३ महिना मात्र खुलेर बन्द भएको थियो । कोरोनाको दोश्रो भेरियन्टको चरणमा मुक्तिनाथ क्षेत्र कोरोनाको ‘हट स्पट’ समेत बनेको थियो ।
कोरानाका कारण मुस्ताङमा १५ जनाले ज्यान गुमाउँदा मुक्तिनाथ रानीपौवा गाउँका ७ जनाले ज्यान गुमाउन पुगेका थिए । कोरोनाले धनजन र मानवीय क्षति व्यवहोरेका मुक्तिनाथका पर्यटन व्यवसायी तथा स्थानीयले मुक्तिनाथ मन्दिर तत्काल खुल्ला गर्दा फेरी बिपत निम्तने डरमा छन् । उनीहरुले यसअघि मुक्तिनाथ मन्दिर खुल्ला गर्दा मुक्तिनाथबासीलाई कोभिड संक्रमण भएमा मुक्तिनाथ विकास समितिले क्षतिपूर्ती दिने पूर्व लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै सरोकारवाला निकायसँग रुष्ट छन्।
कोरोनाको दोश्रो भेरियन्ट सुरु भएदेखि यता मुस्ताङमा ५ सय ५४ जना कोरोना संक्रमित बनेकोमा ५ सय ८ जना संक्रमण मुक्त भएका थिए । जसमध्ये जिल्लामा उपचार हुन नसकी २७ जनालाई पोखरा रिफर गरिएको थियो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ जना मात्र रहेको छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया