११ भदौ २०७८, शुक्रवार
विश्व हिन्दू परिषद नेपालले भगवान श्री पशुपतिनाथको मन्दिर खुलाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ ।
विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, संगठन सचिव प्रल्हाद कुमार सहितको एक टोलीले आज जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ एवं पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा
“कोरोना महामारीका कारण देशका विभिन्न मन्दिरहरुमा नियमित दर्शन–पूजा बन्द गरिएको छ । कोरोना कहरका कारण हिन्दू धर्मावलम्बीहरुको चाड पर्व पनि प्रभावित भएको अवस्था छ । यसैविच हालै देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई भीडभाडका साथ पर्व मनाई रहँदा कही कतै प्रशासनद्वारा बाधा अवरोध वा कारवाही गरिएको देखिएन । चर्च र मस्जिदहरू निर्वाधरूपमा खुला गरिएको छ तर हिन्दू धर्माबलम्बीहरूको चाडपर्व तथा धार्मिक स्थलहरुलाई मात्र कोरोना महामारीको बहानामा प्रशासनले बाधा–अवरोध पु¥याई बहुसंख्यक हिन्दू धर्माबलम्बीहरूको आस्थामाथि आघात पु¥याएको छ ।
मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा समेत सम्पूर्ण नेपालीहरू आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिरमा पनि हालसम्म नियमित दर्शन–पूजा खुला नगरिनु अत्यन्तै गम्भीर एवं दुखद विषय हो ।
निश्चित समयसम्म स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर भगवान श्री पशुपतिनाथको मन्दिर लगायत देशै भरिका मठ–मन्दिरहरुमा समेत नियमित दर्शन–पूजा खुला गर्न आवश्यक व्यवस्था मिलाउन हुन सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ ।
- admin
- २०७८ भाद्र ११, शुक्रबार १५:५५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया