
वडाभरिका करिब ३ सय विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुपर्ने भन्दै नामावली तयार पारिएको थियो । तर प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले ६०/६५ जनालाई मात्र पुग्ने गरी पठाएपछि बाँड्न नसकिएको वडाध्यक्ष सनुप महतोले बताए । ‘विपन्न परिवारको संख्या धेरै छ । राहत भने थोरै आयो,’ उनले भने, ‘अपुग भएपछि वितरण गर्न सकिएन र कुहिन थाल्यो ।’
कोरोना महामारीका कारण समस्यामा परेका विपन्न परिवारका लागि प्रदेश सरकारले चामल, दाल, सोयाबिन तेललगायत सामग्री पठाएको थियो । उक्त सामग्री घरेलु तथा साना उद्योग कार्यालयमार्फत पालिका प्रमुखलाई जिम्मा लगाइएको थियो । जनप्रतिनिधिले विपन्न परिवारको पहिचान गरेपछि उक्त खाद्यान्न एक परिवारका लागि २५ किलोको दरले चामल र अन्य सामग्री वितरण गर्ने योजना थियो ।
सोहीअनुसार राजदेवी–२ का लागि ६५ बोरा चामल, १५ बोरा दाललगायत नुन, तेल, सोयाबिन भण्डारण गरिएको थियो । समयमा वितरण गर्न नसकेपछि खाद्यान्न कुहिएर खेर गएको वडा कार्यालयले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा राखिएको केही चामल चोरीसमेत भएको छ ।
स्थानीय सुरज हजराले विपन्नका लागि आएको राहत कुहिँदा पनि जनप्रतिनिधि रमिते बनेको आरोप लगाए । घरेलु कार्यालयका प्रमुख जयकान्त झाले गत वर्ष नै जिल्लाका १८ वटै पालिकालाई राहतका सामग्री जिम्मा लगाएको बताए । ‘एक वर्षअघि नै प्रदेश सरकारले पठाएको सामग्री जनप्रतिनिधिलाई जिम्मा लगाइएको हो,’ उनले भने, ‘गरिबको घरमा पुगेको भए राहत हुन्थ्यो । जनप्रतिनिधिहरूले समयमै वितरण गर्न किन चासो नदेखाएका हुन् ?’
दुई साताअघि मात्रै देवाही गोनाहीवासीले राहतको चामल गोदाममै कुहिएपछि नगरपालिकाको कार्यालय तोडफोड गरे । राहतको चामललगायत खाद्यान्न गोदाममै कुहिएपछि नगरपालिकाले रातमा खाल्डो खनेर पुरेको थियो । उक्त राहत सामग्री प्रदेश सरकारले पठाएको भनिएको थियो । तर नगर प्रमुख धर्मेन्द्र पटेलले प्रदेश सरकारले दिएको राहत वितरण गरिसकेको दाबी गरे । उनले नगरपालिका आफैंले विपन्नका लागि खरिद गरेको खाद्यान्न मात्रै कुहिएको बताए ।
खाद्यान्न कुहिएर गाडेको घटना सार्वजनिक भएपछि नगर प्रमुख पटेल र नगर कर्मचारीलाई कार्यालयभित्रै थुनेर ढुंगामुढा र तोडफोड गरिएको थियो । स्थानीयको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । पटेलले गोदाममा राखिएको करिब ४ सय बोरा चामलमध्ये २० बोरा मात्रै पानीले भिजेर कुहिएको बताए । उक्त खाद्यान्न स्थानीय संग्रहालयमा भण्डारण गरिएको थियो । ‘संग्रहालयको झ्याल खुलेका कारण पानीले भिजेर चामल कुहिएको हो,’ पटेलले भने, ‘यसमा कसैको दोष छैन । वितरण गर्न नसकेर राखेको पनि हैन । समय अभावले नभ्याएको हो ।’
उनले २ हजार परिवारलाई राहत दिएको र बाँकी रहेको खाद्यान्न भण्डारण गरेर राखेको सुनाए । घरेलु कार्यालयका प्रमुख झाले जिल्लाभरिका पालिकाले कति राहत बुझेर लगे र वितरण गरे भन्ने तथ्यांक संकलन भइरहेको बताए । अझै पनि केही पालिकाले राहतको खाद्यान्न वितरण नगरेको उनको दाबी छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया