३ भदौ २०७८, बिहिवार
वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफुले पार्टीको हितका लागि पद छाडेको बताएको छन्।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहिबार मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गर्दै आफ्नो लागि मुख्यमन्त्रीको कुर्सी मात्रै ठुलो नभएको बताएका हुन्। उनले पार्टी एकताको सन्देश दिन र विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको बताए।
पौडेलले आफुले ४२ महिना वाग्मती सरकारको नेतृत्व गर्दा प्रदेशको काँचुली फेर्न ठुलो परिवर्तन गरेको बताए। मुख्यमन्त्री हुँदा राजधानी हेटौंडालाई कायम गर्नदेखि मकवानपुरको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर भौतिक संरचना निर्माण देखि स्वास्थ्य सेवा विस्तारको काम गर्न सफल भएको बताए।
उनले अहिले वाग्मती प्रदेश सरकारको नेतृत्व मात्रै परिवर्तन भएको उल्लेख गर्दै एमाले विभाजानले सरकारमा कुनै असर नपर्ने बताए। माधव नेपाल समुहमा गएका सबै वाग्मती प्रदेशका सदस्यले समर्थक ‘फिर्ता लिएको दाबी समेत उनले गरे। दल विभाजनले एमालेको एकल बहुमत रहेको सरकारलाई कुनै असर नपर्ने उनको तर्क छ।
पौडेलको राजीनामासँगै बुधवार नै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छिन्।
हाल वाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ। सभामुखसहित ५६ सांसद रहेकामा पार्टी विभाजनअघिसम्म ओली समूहमा ३४ सांसद र माधव नेपाल समूहमा २२ जना सांसद थिए।
नेपाल पक्षका दुई सांसद राजेन्द्र पाण्डे र मुनु सिग्देल नेपाल नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बनेका छन्।
- admin
- २०७८ भाद्र ३, बिहीबार ११:४९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया