२९ साउन २०७८,
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले जनतालाई खुसी र समृद्ध बनाउने कार्यक्रम ल्याउने उद्घोष गरेका छन् । छिट्टै विश्वासको मत लिएर लोकतन्त्र, संविधान र संघीयताको स्पिरिटमा जनतासँग हातेमालो जान चाहेको मुख्यमन्त्री केसीले स्पष्ट पारे ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै मुख्यमन्त्री केसीले भने, “अहिले सरकारको ध्यान कोभिड महामारीका सन्दर्भमा खोपको व्यवस्थापनमै छ । शिक्षा र स्वास्थ्यमा पनि हाम्रो जोड छ । मुटु, क्यान्सर, मिर्गौला पीडितलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरिसकेको छ । हामी लोकतन्त्र, संविधान र संघीयताको स्पिरिटमा जनता सँगसँगै जान सक्छौं ।”
उनले अघिल्लो सरकारले ल्याएको बजेटको पुनरावलोकन गरी नयाँ नीति र कार्यक्रम आउने पनि जानकारी दिए । तर उनले केसीले पूर्ववर्ती प्रदेश सरकारले ल्याएको पञ्चवर्षीय गुरुयोजना र बहुवर्षीय योजनामा आम सहमति भएकाले त्यसलाई नरोकिने पनि बताए ।
गत वैशाख ६ गतेदेखि चार महिने संघर्षमा साथै रहेको गठबन्धनका दलहरुबीच आगामी चुनावसम्म कुनै टुटफुट नआउने र निरन्तर सहकार्य हुने दाबी उनले गरे । गठबन्धन भत्काउन निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले खेलेको नकारात्मक भूमिकालाई ख्याल गरेर काम गर्ने पनि बताए । उनले भने, “गठबन्धनमा कहिलेकाहीँ साथीहरुबीच मनोमालिन्य आउन पनि सक्छ । तर गठबन्धनका साथीहरु जिम्मेवार भएकाले त्यस्तो समस्या आफैं हल गर्न सक्छौं । केन्द्रीय गठबन्धनको संस्कृति, साझा न्यूनतम कार्यक्रम र प्रतिबद्धता अनुसार नै अघि बढ्छौं ।”
जसपाका तीनजनालाई मन्त्री दिनु सम्मान भएको उनले बताए । उनले भने, “लुम्बिनी प्रदेशमा पूर्व सत्तापक्षका कारण जसपाले निकै क्षति बेहोरेको छ । दलको मान्यता नदिने चलखेल पनि भए । त्यसकारण जनता र कार्यकर्तालाई इन्ट्याक्टमा राख्न हामीले केही पछि हटेर भए पनि मन्त्रीमण्डलमा समावेश गरेका छौं ।”
लुम्बिनी प्रदेशको विवादास्पद मिडिया काउन्सिल विधेयकमा भएका त्रुटिलाई सच्चाएर सञ्चारमैत्री बनाइने पनि उनले बताए । मिडिया काउन्सिल विधेयकमा रहेको सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द र पत्रकारलाई कैद सजायको व्यवस्थाबारे विवाद छ । मन्त्रीको अध्यक्षतामा काउन्सिल प्रस्तावको नेपाल पत्रकार महासंघले आपत्ति जनाइसकेको छ । उनले भने, “जनताको चाहना बाहिर हिँड्ने छैनौं ।” साथै उनले बुटवलदेखि बर्दियासम्मको लुम्बिनी प्रदेशको सुन्दर संरचना तयार हुने पनि विश्वास व्यक्त गरे ।
- admin
- २०७८ श्रावण २९, शुक्रबार १०:४२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया