साउन २०, २०७८
शव नेपाल पठाउने तयारी
अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ ।
दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसल (स्टोर)मा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।
एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्ति अनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा बस्दै आएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका विविधता चिट्ठा (डी भी लोटरी )विजेता सृजन कुँवर भने २०१९ देखि अमेरिका बस्दै आएका थिए ।
दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्डबाट १८ हजार डलर सङ्कलन गरिसकेको छ ।
एनआरएनए विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलबार गो फण्ड सञ्चालनमा ल्याएको छ । दुवै युवाको परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका स्थित नेपाली दूतावास ,मेरिल्यान्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी, न्यु योर्क र विसकनसिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि परेका छन् ।
- admin
- २०७८ श्रावण २०, बुधबार ११:४१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया