सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाका वरिष्ठ उपाध्यक्ष हुन् दल बहादुर गुरुङ । उनले सन् २०१८ को डब्लूडब्लूएफ् संरक्षण पुरस्कार प्राप्त गरेका छन् । सो पुरस्कार ५० हजार राशीको थियो । संरक्षणको अभियानमा एक दशक बिताइ सकेका अभियन्ता दल बहादुर गुरुङले वन,वातावरण र जैविक विविधता संरक्षणका निम्ति सो पुरस्कार हात पार्न सफल भएका हुन् ।
सामुदायिक वन समन्वय समितिमा उनी सचिव,महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भई निरन्तर संरक्षणको अभियानमा क्रियाशील छन् । उनी आफूले संरक्षण वापत पाएको पुरस्कारलाई अक्षयकोषको रुपमा आफ्ना स्वर्गीय बाबा लाल बहादुर गुरुङ र स्वर्गीय आमा चन्द्र श्री गुरुङको स्मृतिमा लालचन्द्र संरक्षण पुरस्कार को सामुदायिक वन समन्वय समितिको १५ वार्षिक साधारण सभा एवम् सार्वजनिक सुनुवाईको अवसरमा शनिवार घोषणा गरेका छन् ।
तिनाउ गाउँपालिकामा रहेका ८१ वटा सामुदायिक वन उपभोक्ता समूहहरु मध्ये वन,वातावरण र जैविक विविधता संरक्षणको अभियानमा उत्तम कार्य गर्ने उपभोक्ता समूहलाई सो पुरस्कार प्रदान गरिने छ । पुरस्कारका लागि कार्यविधि बनाई वितरण गरिने समितिका अध्यक्ष अमर प्रधानले बताए ।
पुरस्कारका संस्थापक दल बहादुर गुरुङले सो पुरस्कारको राशी बढ्दै जाने र संरक्षण सम्बन्धी कार्य गर्ने उपभोक्ता समूहलाई यस पुररस्कारले हौसला र उत्साह थप्ने बताए । साथै उनले सो पुरस्कार वितरणका लागि स्वतन्त्र छनौट समिति गठन गर्ने र समन्वय समितिले अनुमोदन गर्ने बताए ।
- admin
- २०७५ भाद्र १६, शनिबार १५:१६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया