बुटवल महिला जेसीजले २०७५ सालको हरितालिका तीजको अबसर पारी आज शुक्रबार माया सदभाव र सहकार्यको भावना कायम राख्ने उद्धेश्य सहित तीज मीलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बुटवल महिला जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा कट्टेलले परम्परादेखि मनाउदै आएको तीज पर्व भड्कीलो होईन सबैजना समेटीने र अट्नेगरि सदभावपूर्ण बातावरणमा मनाईनु पर्ने बताउनु भयो ।
उहाले आज विभिन्न संघसस्थाले आ–आफ्नो तरिकाले तीज पर्वलाई मनाउदै गर्दा र धेरै ठाँउमा कार्यक्रम हुनेहुदा समाजमा तीजलाई कताकता भड्कीलो भयो भन्ने सुनिएको छ तर यसलाई सकारात्मक पाटोबाट लिनुपर्ने बताउदै चुलोचौकोबाट बाहिर निस्केका महिला घर व्यवस्थापन,पेशा,व्यवसाय र सामाजिक संघसंस्थामा सक्रिय भएर लागेको व्यास्त समयमा माईतिको रहर मेटाउने माध्यम तीज मीलन कार्यक्रम रहेको धारणा व्यक्त गर्नुभयो ।
बुटवल महिला जेसीजका वर्ष २०१८ का अध्यक्ष तथा तीज मीलन कार्यक्रमका अध्यक्ष जेसी राधिका पोख्रेलले माईति घरमा जान नपाएको अवस्थामा यस तीज मीलन कार्यक्रमले दिदीबहिनीहरु जम्मा भई शुभकामना साटासाट गर्दै सामुहिकरुपमा नाचगान गर्दा आत्मीयता बढ्ने बताउनु भयो । कार्यक्रममा छीमेकी शाखा सिद्धार्थ लेडी जेसीजका अध्यक्ष जेसी बिन्दु काफ्ले,बुटवल महिला जेसजिका पूर्व अध्यक्षहरु जेसी मीना पौडेल, जेसी राजुदेवी खनाल,जेसी कल्पना जोशी, जेसी उर्मीला श्रेष्ठ,जेसी मन्जु पराजुली,जेसी ज्ञानधरा पन्थ,निवर्तमान अध्यक्ष जेसी रुपा पाण्डे लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो
।

संस्थाका महासचिव जेसी लक्ष्मी थापाको संञ्चालन,तीज मीलन कार्यक्रमका संयोजक जेसी पुष्पा पौडेलको स्वागतमा भएको कार्यक्रममा जेसीज आस्थापाठ जेसी राधिका महतले गर्नु भएको थियो ।
- admin
- २०७५ भाद्र १६, शनिबार ०४:४१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया