१८ साउन २०७८, सोमवार
यस वर्ष मनसुनजन्य विपतका कारण हालसम्म ६७ जनाको मृत्यु भएको छ । विपतमा परी ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले यस वर्षको विपतबाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत ५५ जिल्ला प्रभावित भएको जानकारी दिए ।
मनसुनजन्य विपतका कारण विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति भएको, १६२ वटा घरमा आंशिक क्षति भएको उनले उल्लेख गरे ।
असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी पाँचजनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको उनले बताए । सो क्रममा ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति भएको उनले जानकारी दिए । उक्त क्षेत्रमा पुनर्निर्माणका विभिन्न कामहरु सुरु हुन लागको उनले बताए ।
गृहमन्त्री खाणले प्राकृतिक विपतबाट केही असहजता देखिएको भन्दै ती चुनौती सामना गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । जनताको जीवन रक्षाको लागि सरकार प्रतिबद्धतापूर्वक अगाडि बढ्ने पनि उनले बताए ।
- Manish Pantha
- २०७८ श्रावण १८, सोमबार १७:४७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया