१४ साउन २०७८, बिहिवार
भारततर्फ लैजान लागेको करिब १ करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । बरामद भएका केराउ परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट रहेको प्रहरीले जनाएको छ ।
३ वटा ट्रक र ७ वटा पिकअप भेनबाट लोड गरेर लैजाँदै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बरामद भएको केराउको परिमाण ७ सय ३० क्विण्टल छ ।
परासीहुँदै सीमावर्ती क्षेत्रमा लैजानका लागि भैरहवाबाट बुधबार २३ वटा सवारीसाधनमा केराउ लोड भएको जानकारी पाएपछि निस्केको प्रहरीले परासी क्षेत्रबाट ७ वटा पिकअप भेन पक्राउ गरेको हो ।
पिकअप भेन पक्राउ भएपछि अन्य सवारीसाधनहरु नआएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै प्रतापपुर सीमा क्षेत्रबाट १ वटा ट्रक पक्राउ गरेको छ भने बिहीबार बर्दघाट क्षेत्रबाट २ वटा ट्रकमा लोड गरेको केराउ बरामद गरेको हो । उक्त २ वटा ट्रकबाट ४ सय २० क्विण्टल केराउ रहेको छ । अन्य क्षेत्रबाट बरामद भएको केराउ ३ सय १० क्विण्टल छ । बरामद भएका केराउबारे आवश्यक अनुसन्धान भइरहेको नायब उपरीक्षक लामाले जानकारी दिए ।
पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइण्ट राखेर चेकजाँचलाई तिव्रता दिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । नेपालमा भन्दा भारतमा महङेमा बिक्री हुने भएकाले जिल्लाबाट केराउ तस्करी हुँदै आएको छ ।
नेपाली बजारमा १ सय २५ देखि १ सय ३० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने केराउ भारत पुर्याएपछि प्रतिकेजी ३० देखि ४० रुपैयाँ नाफा हुने गरेको व्यवसायीहरुले बताएका छन् । हप्ता दिनअघि पनि प्रहरीले २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो ।
- Manish Pantha
- २०७८ श्रावण १४, बिहीबार १६:२२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया