१४ साउन २०७८
बहुविवाह मुद्दामा फरार रहेका उदयपुरका एक वडासदस्य काठमाडौंको थानकोटबाट पक्राउ परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका ५ गंगाजलीकी ३२ वर्षीया रमा कोईरालासँग २०७६ चैत्र ११ गते दोस्रो विवाह गरी फरार रहेका चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षीय वडासदस्य हरिमान कट्वाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुबैजनालाई विवाह गरी लुकीछिपीसँगै बसेको अवस्थामा थानकोटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ल्याएको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका दुबैजनालाई बुधबार अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याएकोमा अदालतले हरिमानलाई पुर्पक्षका लागि कारागार पठाएको छ भने कोइराला ५५ हजार धरौटी बुझाएर तारिखमा छुटेकी छिन् ।
अदालतका न्यायाधीश माधवप्रसाद सुबेदीले २०७७ चैत्र ३ गते फरार आरोपित हरिमानलाई पुर्पक्ष र कोईरालालाई धरौटीमा रिहा गर्ने गरी मुद्दा मुल्तवीमा राख्ने निर्णय गरेको थियो ।
जिल्ला अदालतबाट फैसला भएका मुद्दामा कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्र्तगत पक्राउ परेका दुबै जनालाई बिहीबार नै प्रहरीले अदालतमा बुझाएको हो ।
घरमा श्रीमती छदै कोइरालालाई लिएर हरिमान फरार भएपछि उनीहरुविरुद्ध परिवारले २०७७ वैशाख १२ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएका थिए । कटुवालकी कान्छि पत्नि बनेकी कोइराला श्रीमानलाई छोडेर हरिमानसँग विवाह गरी फरार भएकी थिइन् ।
त्यसैगरी जबरजस्तीकरणी उद्योगमा फरार रहेका चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर बस्ने ४१ वर्षीय विजय थुलुङ राईलाई प्रहरीले साँढे चार वर्षपछि पक्राउ गरेको छ । ३० वर्षीया महिलालाई ०७३ माघ १८ गते बलात्कारको प्रयास गरी फरार रहेका उनलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका राई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षका लागि कारागार पठाएको छ । आरोपितविरुद्ध पीडित परिवारले माघ १९ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।
- Manish Pantha
- २०७८ श्रावण १४, बिहीबार १४:२०
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया