१३ साउन २०७८, बुधवार
सरकारमा जाने नेताहरुको नाम टुंग्याउनका लागि गठबन्धनका चार नेताहरुको गोप्य छलफल हुने तय भएको छ ।
बिहीबारसम्ममा मन्त्री परिषद् बिस्तार गर्ने गरि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एमालेका नेता माधव कुमार नेपालबिच छलफल हुने भएको हो ।
बुधबार (आज) बेलुका ७ बजे हुने छलफलको स्थान गोप्य राखिएको छ । सो बैठकका लागि एमाले नेता नेपाललाई पनि बोलाइएको र उनी आउने संकेत रहेको स्रोतले जानकारी दिएको छ ।
बैठकमा अरु नेताहरु पनि सहभागी हुँदा मन्त्रीको नामलाई लिएर अलमल हुने भएकाले शीर्ष नेताहरु मात्रै वार्तामा जुट्न लागेका हुन् ।
अहिले एमाले नेता नेपाल देउवालाई विश्वासको मत दिने आफू पक्षीय सांसदहरुसँगको छलफलमा छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा मन्त्रीको नाम टुंग्याउने विषयमा सांसदहरुसँग छलफल गरिरहेका छन् ।
बुधबार बिहान बसेको गठबन्धनको बैठकले सरकारलाई तत्काल पूर्णता दिने र मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको थियो ।
- Manish Pantha
- २०७८ श्रावण १३, बुधबार १४:५६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया