१३ साउन २०७८, बुधवार
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न खोज्ने समूह आधुनिक हतियारसहित पक्राउ परेको छ । समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
समूहका सदस्य घटनामा प्रयोग गरिएको अत्याधुनिक हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त समूहले यही साउन १ गते दिउँसो शिव पञ्चायन ज्वेलर्स लुटपाट गर्ने प्रयास गरेको थियो । तर, स्थानीयको प्रतिकारपछि उनीहरु हतियार देखाउँदै फरार भएका थिए ।
समूहका सदस्यहरु अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी (मेसिनगन), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा ७० राउन्डजति विभिन्न हतियारका गोलीसहित पक्राउ परेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोजी तीव्र पारेको थियो । प्रदेश नम्बर–१ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
- Manish Pantha
- २०७८ श्रावण १३, बुधबार १३:४१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया