१३ साउन २०७८, बुधवार
नेपाल–भारत सीमा क्षेत्रबाट ८ किलोमिटर दक्षिणमा रहेको सप्तकोशी नदीको तटबन्ध भत्किएको छ। भारतको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोशी नदीको वहाव उच्च हुँदा तटबन्ध भत्किएको हो ।
तटबन्ध भत्किएपछि दर्जनौँ गाउँ डुबानमा परेका छन् । २५ हजार भन्दा बढी मानिस प्रभावित भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
तटबन्धनको ५० मिटर भत्किएको र कटान जारी रहेको पनि समाचारमा उल्लेख गरिएको छ । सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट डिएमका महेन्द्रकुमारका अनुसार शुक्रबार विहान सुपौल जिल्लाको सिकरहाटामा कोशीको बाँध फुट्दा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका हुन् ।
बाँध फुटेको स्थान सुनसरी र सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटा नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर दक्षिणमा रहेको छ ।
कोशी व्यारेजदेखि ८ किलोमिटर दक्षिणमा कोशीको बाँध फुटेर बस्तीमा पसेपछि भारतीय सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
यता कोशी व्यारेजका २२ ढोका खुला गरिएको छ । बिहारमा पानीले ठुलो क्षति पु¥याउने अनुमान गर्दै कोशी व्यारेजमा भारतिय पक्षले ढोकाहरु धेरै संख्यामा बन्द गर्ने सम्भावना देखिएको छ ।
- Manish Pantha
- २०७८ श्रावण १३, बुधबार १३:२७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया