बुधबार १३ साउन, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उमेर समूहका आधारमा कोरोनाविद्धको खोप दिइने र बाढी–पहिरोबाट विस्थापितलाई पुनर्स्थापना गरिने बताएका छन्।
प्रदेश मन्त्रिमण्डलले पूर्णता पाएसँगै कार्यसम्पादनलाई तीव्रता दिन मन्त्रीहरूलाई समेत १७ बुँदे निर्देशन दिएका पोखरेलले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुखहरूसँग अनलाइनमार्फत बैठक गर्दै यस्तो बताएका हुन्।
बैठकमा कोरोना संक्रमण दर बढ्दै गरेको अवस्थामा खोप व्यवस्थापनका साथै आगामी दिनमा गर्न सकिने कामबारेछलफल भएको थियो। मुख्यमन्त्री पोखरेलले बाढी पहिरोले पुर्याएको क्षतिको विवरण संकलन गर्नुका साथै पीडितलाई राहत, विस्थापितलाई पुनर्स्थापना गर्नेबारेसमेत जानकारी लिएका छन्।
कोरोनाविरुद्धको लडाइँ र विपद्लाई सामना गर्न तीन तहका सरकारबीच समन्वय जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताए। १८ वर्ष उमेरमाथिको समूहलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले प्रदेशको प्रयासमा नेपाल सरकारबाट नियमित रूपमा खोप प्राप्त भएको उल्लेख गरेका छन्। प्राप्त खोपलाई जनसंख्याको अनुपातका आधारमा वितरण गरी उमेर समूहका आधारमा खोप लगाइएको र बाँकी खोप प्राथमिकता तोकेर दिइएको पनि मुख्यमन्त्री पोखरेलको भनाइ छ।
प्रदेशको फरक भौगोलिक संरचना र वर्षाद्को समयमा विपद् जुनसुकै बेलामा आउन सक्ने भएकाले त्यसैअनुसारको तयारी गर्न पनि मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले कोभिड नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीको खटाइ अनुकरणीय रहेको भन्दै अबका दिनमा आउने जोखिमबाट बच्न पनि थप सचेत हुनुपर्ने बताइन्। १८ वर्ष माथिकालाई खोप पुर्याउने बताइए पनि विभिन्न समूहको माग थेग्नै मुस्किल रहेको उनको भनाइ थियो।
- Manish Pantha
- २०७८ श्रावण १३, बुधबार ११:५५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया