११ साउन २०७८, सोमवार
मोमीजी निशिया १३ वर्षकी भइन् । सानो उमेरमा नै ओलम्पिक खेल्न पुगेकी उनी अहिले च्याम्पियनको छवि बनाउन सफल भएकी छन् । जापानकी स्केटबोर्डकी निशियाले ओलम्पिकमा स्वर्ण जित्ने सपना सानै उमेरमा पूरा भयो । ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीको सबैभन्दा कम उमेरको पोडीएम निशियाले बनाइन् । पदक जित्नेको औसत उमेर १४ वर्ष १ सय ९१ दिन रहेको थियो ।
साथै उनी देशका लागि स्वर्ण जित्ने उनी हालसम्मकै सानो उमेरकी खेलाडी हुन् । उनले १३ वर्षको उमेरमा नै देशलाई सफलता दिलाइन् ।
खेल जीवनको छोटो समयमा उनले गरेको सफलताले नै जापानलाई अहिले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा थप सफलता मिल्ने बाटो जोडिएको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा उनले स्वर्ण जितेकी हुन् । उनको स्वर्णले जापानले प्रतियोगितामा आफूलाई बलियो पारेको छ ।
१३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्यपदक जितेकी छन् । ओलम्पिकमा कम उमेरमा स्वर्ण जितेकी उनले आफूलाई सुरुवाती समयमा डर लागेको बताइन् । साथै उनले यो उमेरमा देशका लागि स्वर्ण जित्न पाउँदा आफू खुसी भएको पनि थपिन् ।
“साँच्चिकै म धेरै खुसी छु । मैले फाइलनको सुरुवाती स्केटर्स आफूले नै स्वर्ण पदक जित्छु भन्ने कल्पना पनि गरेकी थिइन । तर, पछिल्लो स्केटर्सले मलाई हौसला प्रदान गर्यो । त्यति बेला मैले जित्छु भन्ने सोचेँ,” निशियाले एनएचकेको टेलिभिन अन्तवार्तामा भनिन् ।
निशिया फाइनलको सर्वश्रेष्ठ ट्रिकको पहिलो चरणमा पहिलो दुई प्रयासमा पछि परेकी थिइन् । निशियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन् । लिएलले १४.६४ स्कोर जोडेकी थिइन् । ओलम्पिकमा स्वर्ण जित्ने कान्छी खेलाडीको कीर्तिमान निशियाले आफ्नो नाममा पार्न सफल भएकी थिइन् ।
यसअघि १९३६ को बर्लिन गेम्समा मार्जरी गेस्ट्रीङले १३ वर्ष २ सय ६७ दिनमा स्वर्ण जितेकी थिइन् ।
- Manish Pantha
- २०७८ श्रावण ११, सोमबार १८:२५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया