वर्तमान राजनीतिमा समकालीन साहित्यको भूमिका विषयक् अन्तक्र्रियात्मक कार्यक्रम सोमवार बुटवलमा सम्पन्न भयो । कार्यक्रममा मुख्य वक्ताका रुपमा रहेका राजनीतिज्ञ घनश्याम भुसालले बुटवलको साहित्य पुनर्जागृत हुँदै गएको बताउँदै सेवा र वस्तु उत्पादन नगर्ने थलोले बौद्धिक प्रवक्ता जनाउन धेरै मिहिनेत गर्नुपर्ने बताए ।
साथै उनले यहाँ असाधारण संकल्प जन्मिने र मर्ने गरेको कारण साहित्यलाई दीगो रुपमा अघि लैजानका निम्ति साहित्यकारहरुले अर्थराजनीतिलाई नजिकबाट नियाल्नु पर्ने सुझाए । उनले भने–सामन्तबादको अन्त्य भईसकेपनि त्यसको अवशेषहरु अझ्ै जिउँदो रहेको छ । साहित्यकारहरुका कलम सिर्जनाको नयाँ गोरेटोमा हिड्न नसक्नुको मूल कारण साहित्यले कुन बाटो अपनाउने भन्ने विषयमा राजनीतिले दिशानिर्देश गर्न नसक्नु पनि हो । साहित्य र राजनीतिको सम्बन्ध निकटतम रहने भएकाले साहित्यकारहरुले समाजशास्त्रको मनोविज्ञान बुझ्न आवश्यक रहेको सुनाए ।
सोही अन्तक्र्रियात्मक कार्यक्रममा साहित्यकार डाक्टर मुरारि पराजुलीले समयको चेत बुझ्न नसक्नु नै साहित्यकारको कमजोरी रहेको बताए । उनका अनुसार साहित्यले समयको चेत बुझ्न सक्नुपर्छ । अर्थराजनीतिसंग साहित्यले सरोकार राख्ने भएकै हुँदा साहित्यलाई राजनीतिबाट अल्ग्याउन गाहे हुने बताए ।
कार्यक्रममा रुपन्देहीको साहित्यिक गतिविधिका सन्दर्भमा युवाकवि रामचन्द्र श्रेष्ठले प्रकाश पारेका थिए भने कवि मीन राना मगरले शिलोक वाचन गरेका थिए ।
संस्कृतिविद् राजेन्द्रकुमार आचार्य,युवाकवि गिरि श्रीस मगर,कवि चुतर्भुज आत्रेय,रोहन पृथक लगायत तीन दर्जन साहित्यिक व्यक्तित्वहरुको विशेष उपस्थित रहेको सो कार्यक्रमको संयोजन र सञ्चालन दल बहादुर गुरुङले गरेका थिए ।
- admin
- २०७५ भाद्र ११, सोमबार १७:२२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया