स्थानीय पत्रकार नेपालले गण्डकी प्रदेशको पोखरामा शनिवार संस्थागत तथा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका गण्डकी प्रदेशका उद्योेग,पर्यटन,वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले सूचनालाई आफ्नो सरकारले पहिलो प्राथमिकता दिएको बताउँदै सरकारसंग सूचना माग्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको समेत बताए ।

गण्डकी प्रदेशले आफ्नो प्रदेशका आमनागरिकलाई सुखी र समृद्ध बनाउनका निम्ति सोही अनुुसारको योजना तयार पारि कार्यान्वयनको पक्षमा उत्रिएको र त्यसका लागि सर्वसाधरणलाई सूचनाको माध्यमद्वारा सूचित गराउनका लागि पत्रकारहरुलाई समेत अनुरोध गरे ।

कार्यक्रममा सूचनाको हक सम्बन्धी अभिमुखीकरण गर्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाविना कुनै पनि विषयमा निर्णय गर्न असहज र अपरिपक्कव हुने भएको हुँदा सूचनालाई शक्तिका रुपमा ग्रहण गर्न सबैलाई अनुरोध गरे । देशका सातै प्रदेशमा आमनागरिकलाई सूचनाको हक सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने आयोगको प्रमुख कर्तब्य समेत रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सूचना माग गर्ने आफ्नो नागरिकलाई तोकिएकै मितिमा सूचना प्रदान गरिएको बताए । साथै उनले सूचनालाई कम्प्यूटराइज्ड गर्न नसक्दा कहिलेकाँही समस्या देखा परेको समेत सुनाए ।

सोही कार्यक्रममा गण्डकी प्रदेशमा विगतदेखि स्वास्थ्य,शिक्षा,सरसफाइ,नागरिक शिक्षा,मानव अधिकार एवम् विविधत क्षेत्रमा योगदान पुराउने ११ जना ब्यक्तित्वहरुलाई स्थानीय पत्रकार नेपालले सम्मान गरेको थियो ।

स्थानीय पत्रकार नेपालका केन्द्रीय अध्यक्ष शंकर प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यतामाथि कोषाध्यक्ष बासुदेव तिमसिना,कार्यक्रमको सञ्चालन सचिव दल बहादुरले सञ्चालन गरेका थिए ।


- admin
- २०७५ भाद्र १०, आईतवार १०:०८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया