बर्दघाट नगरपालिकाको वडा नं २ मा पर्ने पोखरीडाँडामा गएको मंगलवार जंगलमा लागेको डढेलो घरमा आउँदा पाँच घर परिवारको घरगोठ जलेर नष्ट भएको थियो । मानवीय क्षति नभएता पनि आवास र खाद्यान्नका कारण ती परिवारहरु बिचल्लीमा परेका थिए ।
सो वडाका वडाध्यक्ष दया दर्लामीको संयोजनमा दिव्यज्योति नमूना मावि,चिसापानी सामुदायिक वन उपभोक्ता समूह,सूर्यज्योति युवा क्लव,नमूना कृषक समूह,शान्ति ज्योति टोल विकास संस्था,धनप्रसाद श्रेष्ठ, दाउने डेकोर रबीन्द्र, मनोज कालिराज,बुटवल र दीपक ज्ञवालीले आर्थिक सहयोग गरेका छन् ।
ती सहयोगी संस्था र व्यक्तिहरुले पीडित सम्शेर सारु,नरबहादुर सिंजाली,गनबहादुर राना,बीरबहादुर सुनारी र बेतबहादुर तमाङलाई चामल,दाल,आलु,नून, तेल,सोयाबिन, साबुन,सर्फ लगायतका सामग्रीहरु सहयोग गरेको वडाध्यक्ष दर्लामीले बताइन् ।
थप सहयोगका लागि बर्दघाट नगरपालिका,नेपाल रेडक्रस सोसाइटी लगायत सामाजिक संघसंस्थाहरुसँग अपील गरिएको उनले जानकारी दिएकी छन् ।
- admin
- २०७८ बैशाख २०, सोमबार १०:१४
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया